बागलुङ, २७ चैत – सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो आठौं स्थापना दिवश मनाएको छ । साताव्यापी विभिन्न कार्यक्रम गरेर मनाइएको दिवशको शनिवार मुख्य समारोह गरेर समापन भएको थियो ।
समारोहको उद्घाटन गर्दै सांसद प्रकाश शर्मा पौडेलले सहकारीबाट गरिवी निवारण, पछाडि पारिएका वर्गलाई आयआर्जनका अवसर सिर्जना र आम्दानीका श्रोतको खोजी गराउनुपर्नेमा जोड दिए । उनले संस्था जन्माउने भन्दा संस्थागत विकास गराउनु महत्वपूर्ण भएको भन्दै आगामी दिनमा पनि अग्रणी संस्था बनाउन पनि उनले सुझाव दिएका थिए ।
जन्म देखि मृत्यु सम्मका क्रियाकलापमा शेयर सदस्यलाई सहयोग गर्ने नीजि अबलम्बन गरेकोले सिवाईसी सहकारी सबैको प्रिय बन्न सकेको पनि बताए । उक्त अवसरमा संस्थाका सल्लाहकार पद्मनाथ शर्मा, तरकारी उत्पादक सहकारी संघकी अध्यक्ष पार्वती आचार्य, स्वास्थ्य सहकारीका अध्यक्ष सिता शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, अधिवक्ता काजी गाउँले श्रेष्ठ, सिवाईसी साकोस जापान च्याप्टर संयोजक लिलाधर कंडेल, सेवाकेन्द्र तित्याङका संयोजक कुमारप्रसाद उपाध्याय, हटियाकी लक्ष्मी खड्का, कुश्मीसेराका संयोजक कृष्णप्रसाद रिजाल, शंखधर बहुमुखी सहकारी संस्थाका सुरेशप्रसाद श्रेष्ठ, पूर्व उपाध्यक्ष हरिप्रसाद शर्मा, सम्मानीत सदस्य सञ्जयश्याम राजभण्डारी लगायतले बोलेका थिए ।
कार्यक्रममा दम्पत्ति शेयर बनेकामध्येबाट नेत्रप्रसाद र मेनकादेवी शर्मा, खगराज र अर्चना शर्मा, सञ्जयश्याम र सरिता राजभण्डारी, टिकाराम र मनिषा शर्मा, लिलाधर र राधा कंडेललाई सम्मान गरिएको थियो । त्यस्तै शेयरसदस्यका छोराछोरीले सर्वोकृष्ठ अंक ल्याएकोमा कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने अशोक सापकोटा, अर्जुन आचार्य र सार्थक श्रेष्ठलाई २ हजार नगद सहित पुरस्कार दिइएको थियो । शेयरपूजि वृद्धि अभियानमा धेरै रकम शेयर राख्ने लिलाधर कंडेललाई सम्मान गरिएको थियो ।
वार्षिक नीजि तथा कार्यक्रम कार्यान्वयनमा उत्कृष्ठ काम गर्ने हटिया सेवा केन्द्रलाई ५ हजार नगद र प्रसंसापत्रले सम्मान गरियो । उत्कृष्ठ कर्मचारीमा हटिया सेवाकेन्द्रकै रिमा भण्डारीलाइ पनि पुरस्कृत गरियो । संस्थाले ७५ बर्ष काटेका शेयरसदस्यलाई पनि सम्मान गर्दै मासिक ५ सयका दरले पेन्सन सुविधा वितरण गरिरहेको छ ।
सिवाईसी सहकारी २०६६ चैत २६ मा दर्ता भएर काम थालेको थियो । संस्थाको शेयरपूजि १५ करोड, बचत ३० करोड र लगानीमा ४८ करोड रुपैयाँ रहेको प्रवन्धक नवराज शर्माले बताए । चण्डीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवन्धक नवराज शर्माले प्रगती विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन शिक्षा उपसमितिका सदस्य वीरबहादुर किसानले संचालन गरेका थिए ।
Previous Articleमाओवादीको निर्वाचन परिचालन समिति गठन
Next Article व्यापार घाटा र कम गर्ने उपाय