म्याग्दी, २७ चैत – जिल्लामा तीनबर्षमै मतदाताको संख्या करिव पन्ध्र हजारले बढेको छ । २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा मतदाता संख्या ५६ हजार ५५३ जना रहेकोमा तीनबर्षको विचामा मतदाता संख्या १४ हजार ९१० ले बढेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अधिकृत केदारनाथ पौडेलले बताए ।
‘फोटो सहितको मतदाता संकलन अभियानमा धेरैको पहुँच पुगेको छ । यसपटक मतदाता छुटेको गुनासो सुनिएको छैन’ पौडेलले भने । निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता संकलन अभियानसंगै जिल्ला प्रशासन कार्यालयमा समेत नागरिकता लिएपछि फोटो सहितको मतदाता सङ्कलन गर्ने कार्यले समेत नयाँ मतदातालाई सहज भएको थियो ।
निर्वाचन कार्यालयका अनुसार म्याग्दीमा ३७ हजार ६ सय ७२ महिला, ३३ हजार ७ सय ९० पुरुष र १ जना तेस्रो लिङ्गी १ जना गरी कुल ७१ हजार ४ सय ६३ रहेको छ । ०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनमा महिला ३१ हजार १३ र पुरुष २५ हजार ३९ जना, १ जना तेस्रो लिङ्गी रहेका थिए ।
पहिलो संविधान सभाको निर्वाचनमा मतदाता संख्या अब्यवस्थित रहेपनि दोस्रो संविधान सभाको निर्वाचन र यसपटक समेत मतदाताको सुचीमा हेरफेर भएको छ । जिल्लाबाट निर्वाचन आयोगमा प्रस्ताव गरिएको मतदाता कुल ७१ हजार ९ सय १२ रहेपनि आयोगको अन्तिम सुचीमा एकभन्दा धेरै ठाउँमा रहेको मतदाताको नाम लगाएतका त्रुटी सच्चाएर कुल ७१ हजार ४ सय ६३ कायम भएको छ ।
जिल्लामा महिला मतदाता धेरै भएपनि तीनबर्षको अन्र्तरालमा महिला भन्दा पुरुष मतदाता बढेका छन् । तीनबर्षमा महिला ६६ सय ५९ र पुरुष ८७ सय ५१ मतदाता थप भएको छ । जिल्लाबाट बैदेशिक रोजगार,ब्यापार र शिक्षाको सिलसिलामा विदेशीएका यूवाका कारण मतदातामा पुरुषको संख्या कम भएको अनुमान गरिन्छ । देशभर महिला मतदाता बढ्ने १० जिल्लामा म्याग्दी समेत समावेश भएको छ । जिल्लाभर पहिलोपटक मतदान प्रक्रियामा सहभगि हुनेको संख्या करिव १५ हजारको हाराहारीमा देखिएपछि नयाँ मतदाताको मत र स्वतन्त्र मत नै निर्णायक हुने निश्चित देखिएको छ । बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा पहिलोपटक मतदान गर्ने मतदातालाई जुन पार्टीले प्रभाव पार्न सक्छ उसको विजय हुन अनुमान राजनीतिक दलको समेत छ ।
०७० को दोस्रो संविधान सभाको निर्वाचनमा एमालेका नवराज शर्माले १५ हजार ९ सय ५५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका खम्बीर गर्बुजाले १२ हजार ५ सय ९ मत ल्याएका थिए । नयाँ मतदाताको सुची र अघिल्लो निर्वाचनमा विजय उम्मेदवारले प्राप्त गरेको मतको अन्तर १ हजार ४५ रहेको छ । सतप्रतिशत मत खस्ने सम्भावना न्यून भएपनि निर्णायक मत भनेको नयाँ मतदात नै हु्न ।
बेनी नगरपालिका र गाउँपालिकामा ठुलो अन्तर हुने सम्भावना न्यून रहेको अवस्थामा मतदाता समक्ष जिल्लास्तरमा तयार हुने घोषणापत्र र दलिय प्रभाव कारण मतदाताले मत दिने छन् । नयाँ मतदाता मध्ये केही हिस्सा नयाँ र अनुभवी र लोकप्रियलाई मत दिने भएकाले पनि दलबाट चुनिने उम्मेदवारमा समेत मतको प्रभाव पर्ने निश्चित छ । जातिय, आफन्त, भेग लगाएतका मतदातालाई प्रभाव पार्ने माध्यम बनेका छन् ।
Previous Articleभलिवल प्रतियोगिता सम्पन्न
Next Article माओवादीको निर्वाचन परिचालन समिति गठन