बागलुङ, २७ चैत – ‘जिल्लाको बिकास र आपसी एकता, हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ बागलुङ सेवा समाज ओमानले नयाँ वर्षको अवसर पारेर आयोजित अन्तर नेपाली भलिबल प्रतियोगिता शुक्रबार घोब्रा पावर कम्पनीको खेल मैदानमा सम्पन्न भएको छ ।
दश नेपाली टिमहरुको सहभागीता रहेको सो प्रतियोगिताको अध्यक्षता समाजका अध्यक्ष मेखलाल खनालले गरेका थिएभने सल्लाहाकार दिल प्रसाद पौडेलले खेल सन्चालन गरेका थिए । खेल अत्यन्तै रोचक एबं प्रतिस्पर्धात्मक रहेको थियो भने दर्शकहरुको पनि बाक्लो उपस्तिथिती थियो । दस टिमहरु मध्ये फाईनलमा प्रवेश गरेका नेपाल मगर संघ ओमान र ठकुरी समाज ओमानबिच निकै घम्साघम्सी परेको थियो ।
अन्तमा २१–२५ अंक प्राप्त गर्दै नेपाल मगर संघ उपाधी जित्न सफल भएको छभने उपबिजेता ठकुरी समाजको पनि उत्तिकै उत्कृष्ट प्रदर्शन रह्यो । सोही समाजका सन्तोष मल्ल ठकुरी उत्कृष्ट खेलाडी चयन भएका थिए । खेल समाप्तीसंगै आयोजनामा बिभिन्न क्षेत्रबाट प्रायोजन गर्ने अलमुधिस कम्पनीका तोलाकान्त भट्टराई, प्रेम गुरुङ, मगर संघ ओमान, सुमी गुरुङ, कपिल पुन, नामलाल रसाईली, गिरिप्रसाद पौडेल, श्यामलाल कँडेल, सुरज पोमु लिमु, चित्र थापा मगर लगाएत सबैलाई खादा र कदर पत्रसहित समाजका सल्लाहकार तथा समाजका अध्यक्ष मेखलाल खनालले सम्मान गरेका थिए । साथै खेल अबधीभर प्रमुख रेफ्रीको भुमिकामा संलग्न आमन्त्रित हिम गुरुङलाई पनि सम्मानका साथ कदर पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी द्वितीय र प्रथम क्रमशः ठकुरी समाज ओमान तथा नेपाल मगर संघ ओमानका खेलाडीहरुलाई खेल संयोजक राहुल छन्त्यालद्वारा पुरस्कार बितरण गरिएको थियो । खेल अबधीभर सहयोग गर्ने नरिस्वर कँडेल, तुल्सीराम खनाल, इन्द्रलाल खनाल, गुनाखर खनाल, मित्रलाल खनाल, डम्बर बराईली तथा उपस्थित सबैमा बाग्लुङ सेवा समाजले धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रम समापन गर्दै अध्यक्ष खनालले आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग बिना अघि बढ्न नसक्ने बताउदै उपस्थित खेलाडी तथा शुभचिन्तक सबैमा हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।
Previous Article२६ चैत २०७३, ढोरपाटन दैनिक
Next Article म्याग्दीमा १४ हजार ९१० मतदाता बढे