काठमाडौँ, २३ चैत – निर्वाचन आयोगले संसदमा भएका २८ दललाई स्थानीय तहको निर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले बुधबार दलहरुलाई चुनाव चिन्ह दिएको हो । सबै दलले पुरानै चुनाव चिन्ह दिएको छ ।
आयोगले चुनाव चिन्ह दिएका दुई दलले भने बुधबार नै फोरम लोकतान्त्रिकसँग पार्टी एकता गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टीले फोरम लोकतान्त्रिकसँग एकता गरेका हुन् । स्थानीय चुनावमा भाग लिने अन्य दलले भने स्वतन्त्र हैसियतमा चुनाव चिन्ह पाउनेछन् ।
Previous Article२३ चैत २०७३, ढोरपाटन दैनिक
Next Article स्थानीय निर्वाचन-०७४ : कर्मचारीलाई न दिन, न रात