कृष्ण प्रसाद शर्मा
यो देश त्यस्तो देश हो जहाँ एउटै मान्छेलाई राजतन्त्रमा पुजिन्छ अनि गणतन्त्रमा ढोगिन्छ पनि । हामी सबैलाई नयाँ नेपाल चाहिएको छ तर खास नयाँ नेपाल भनेको के हो थाहा छैन । मलाई त कत्ति पनि थाहा छैन । पुरानो नेपाल ठूलो थियो मान्छे स्वाभिमानी पनि थिए । तर अहिले नयाँ चाहिएको छ । यहाँ क्षेत्रफलको कसैलाई चिन्ता छैन । जे होस् सत्ता हुन परो देश घटोस् बढोस् मतलब भएन ।
धेरै बर्ष पछि चुनाव आएको छ अब भोट हाल्न पाउला पाउला जस्तो पनि छ । जनता उत्साहित छन् । नेपाली जनता भोटमा जति उत्साहित अरु केमा हुन्छन र । आन्दोलन र चुनाव यी दुई पर्वमा धेरैले आनन्द लिन्छन नेपालीहरूले । बिदेशमा चुनाव हुँदाको दिन हामी कहाँ जस्तो नहुने हुँदा विदेशी प्रवेक्षकलाई पनि निकै रमाईलो लाग्छ अनि हामीले पनि बुथ क्याप्चर नभए सम्म भोट हाल्ने पाईन्छ । भोट कसलाई दिने भन्ने कुरा उस्को घरका सँग कसको सम्बन्ध छ । नातापाताको लहर हेर्छन अनि त्यसैका आधारमा भोट हाल्छन । बाद र सिद्धान्त त देखाउने कुरा भए । भोट आस्थाका आधारमा भन्दा पनि अन्य चलखेलका आधारमा हालिन्छ । साँसदहरू नै किन बेच हुने समाजमा जनताका भोट किनबेच नहोला भन्ने कुरा भएन । भोटका लागी विभिन्न उपाए सकिए पछि बुथ कब्जा अन्तिम हतियार हो । चुनावमा भोटको राजनीति गर्न सबै तमतयार हुन्छन । सबै पार्टिले भोटको किनबेचका लागी छुट्टै पैसा नै छुट्टाएका हुन्छन । चुनाव किन महङगो हुन्छ भन्दा यस्तै कारणले हो । क्षणिक फाईदा देखाएर लिएको तपाई हाम्रो भोटको व्याज जनताले होईन नेताहरूले खाएका हुन्छन । हामीले एउटा प्रयोजनका लागी दिएको मत अर्को प्रयोजनका लागी प्रयोग हुन्छनयहाँ । प्रजातन्त्रमा जनताले भोट दिन पाउनु पर्छ जुन बहुमत र अल्पमतको राजनीतिका लागी पनि हो । सक्षम व्यक्ति सरकारमा आउनु देश र जनताको लागी राम्रो पनि हो । यदि तपाईले बेचेको भोटको पैसाले एक दुई छाक त खान पुग्ला तर त्यही तपाईले बेचेको भोटका आधारमा तपाईलाई त्यस पछि बर्षौ सम्म पिराली रहन्छ भनौ तपाईले पछुताउनु पर्छ । तपाई एक भोटले ठुलो महत्व राख्छ । तपाईले वेईमान गर्दा अर्को बेईमानले जित्छ अनि तपाईले गर्दा सिङगो संरचनामा असर पार्छ । एक भ्रष्टचारीलाई जिताईयो भने तपाई हाम्रो जीवन नै अंधकार बनाई दिन्छ । त्यसैले हामीले भोट दिँदा ईतिहास हेरेर दिऊ कि कसैको प्रलोभनमा परेर । खराब नेतालाई ठीक पार्ने हतियार नै भोट हो । जुन गोप्य हुन्छ । त्यसैले भोटले नै अवकास दिनु पर्छ अबको दिनमा त्यही मान्छेहरूलाई जसले आज सम्म हाम्रो समाजमा झुटको राजनीति गरे ।
अहिलेको स्थानिय तह निकै शसक्त छ अधिकार सम्पन्न समेत छ त्यसका लागी जनताले भोट हाल्दा सोच्नै पर्छ । निर्वाचन आयोगले मतदातालाई साक्षर बनाउँछ नै यसका अलवा पार्टिहरूले पनि छुट्टै मतदातालाई सिकाउन थालेका पनि होलान तर भोट हाल्न जसले सिकायो उसैलाई हाल्न पर्छ भन्ने छैन त्यसैले भोटको महत्वलाई बुझेर सुरक्षित रुपमा मतदान गरौं । हामीले दिएको भोटले कतिको घर बस्न सक्छ त कतिको घर उजाडिन । हामीले संधै भोट दिन उत्साहित हुन्छौ नै तर भोटको अपेक्षित परिणाम नपाउँदा दुखी र दुख दुवै पाउँदछौ । अधिकांश भोटरहरू हामी कसलाई भोट दिने लाईनमा बस्दा खेरी सम्म तयार भएका देखिंदैनौ र त पार्टिका कार्यकर्ता लाईनमै गएर भोट यहाँ हाल भनेर भनिरहेका हुन्छन जहाँ आचार संहिताको समेत ख्याल गर्दैनन् । मत दिने अधिकार पाउनु उमेरको सवाल मात्रै होईन । यसको उपयोगिता समेत हो । अधिकांश राष्ट्रिय चुनावमा जनताले पार्टिरूलाई मौका पनि दिए काम नगर्नेलाई सजाय पनि त्यसैले पनि भोटले धेरैको अहंकारको ज्योतीलाई केही हद सम्म मथ्थर पारिदिन्छ ।
स्थानिय चुनावमा भने जनताको अभिमत राम्रो सगँ प्रकट हुन सकेको छैन । त्यसैले पनि विकासका कामको असन्तुलित परिणाम देखिएका छन । भौगोलिक विकटता बाहेर एकै खालको ठाउमा उही बजेटमा कहि कतै धेरै र थोरै विकास हुने भोटको सही सदुपयोग नहुनु नै हो । मत दिन सामेल हुनु भनेको राम्रो व्यक्ति छान्न सक्छु भन्ने सोच पनि हो त्यसैले तपाईको एउटा भोट कुनै पैसा सँग साट्नु होला जहाँ तपाई हामीले हाम्रो सन्ततीलाई घात होस् । मत बुस्त होईन भावना हो यसलाई बिक्री नगरौ । मनले खामेको समूदायले बुझेकोलाई मत गरौ तर कदापी नबेचौ !