छिमेकी पर्वत जिल्ला अहिले नेपालमै अग्लो झोलुङ्े पुलले परिचित छ । पर्वतको सदरमुकाम कुश्मा बजारदेखि पर्वतकै ज्ञादी जोड्ने अग्लो झोलुङ्े पुलपछि अहिले यान्त्रिक पुलसंगै थप दुई ओटा अग्ला झोलुङ् पुल थपिएका छन् । नेपालकै अग्लो झोलुङे पुलले पर्वत सदरमुकामदेखि बागलुङको बलेवा क्षेत्र जोडिएपछि बागलुङ बजारको व्यापार निकै नै कमजोर बन्दै गएको छ । बलेवा क्षेत्रमा जानको लागि पहिले मालढुंगाबाट हुँदै जाने गथ्र्यो । तर, पर्वत सदरमुकाम अग्ला पुलले बागलुङसंग जोडिएपछि बागलुङको आर्थिक क्षेत्र प्रभावित हुँदै गएको छ । नेपालकै अग्ला झोलुङे पुलका कारण पर्वत सदरमुकाम अहिले आन्तरिक तथा बाह्य पर्यटनले खचाखच हुन थालेका छन् । पुल हेर्नकै लागि अहिले दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकहरु त्यहाँ पुग्ने गर्छन् । कुनै समय गुप्लेश्वर गुफाले परिचित पर्वत सदरमुकाम कुश्मा अहिले नेपालकै अग्लो झोलुङे पुलका कारण चर्चामा छ । एउटा झोलुङे पुलले त्यो ठाउँको आर्थिक क्षेत्रमा कति प्रभाव पार्छ भन्ने कुरा अहिले पनि हामी बागलुङबासीले बुझ्न सकेका छैनौं । केवल पञ्चकोटको भविष्य हेरेर आर्थिक विकासको रेखा कोरिरहेका छौ । समयमै बागलुङ नेताहरुले ध्यान नदिँदा बागलुङ बजारहुँदै बेनी पुग्ने मोटरबाटो मालढुंगाहुँदै जाने थिएन् । नेताहरुकै बेवास्ताका कारण बागलुङ भविष्य दिनप्रति दिन पछि धकेलिदै छ ।
पर्वतको सिको गर्दै अहिले म्याग्दीमा नेपालकै लामो झोलुङे पुल बन्दै छ । पर्यटनको उर्वर म्याग्दीमा नेपालकै लामो पुल बनेपछि त्यहाँ आर्थिक क्षेत्रमा कायापलट हुने संभावना निश्चित छ । आर्थिक विकासको क्षेत्रमा अब पनि हामीले ध्यान नदिने होभने हामी थप पछि धकेलिने छौ । म्याग्दीमा यसवर्ष पाँच करोडभन्दा बढीको लागतमा नौ वटा झोलुङे पुल निर्माण सुरु भएको छ । बेग र बादुक गाउँलाई जोड्ने झोलुङे पुल नेपालकै लामो हुने जिल्ला समन्वय समितिको दाबी छ । बागलुङ नगरपालिका–१ बाङेचौरदेखि पर्वतको पाङ जोड्ने अनि रामरेखास्थित लाम्पाटादेखि पर्वतकै नागलीवाङ जोड्ने अग्लो पुल निर्माण गर्ने चर्चा भएको पनि लामो समय बितिसकेको छ । तर, पुल निर्माण योजना कहाँ पुग्यो भन्ने कुरा अहिलेसम्म अत्तोपत्तो छैन् । यदि बागलुङ बजारदेखि पाङ र नागलीवाङ गाविसलाई झोलुङे पुलमार्फत जोड्ने होभने पनि बागलुङ व्यापार व्यवसाय फस्टाउने निश्चित छ । तर, सरोकारवाला निकायले अहिलेसम्म यस विषयमा ध्यान दिन सकेका छैनन् । बागलुङ बजारको भविष्य सुनिश्चित गर्ने होभने अब बागलुङमा आर्थिक गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्छ । बागलुङको दक्षिण क्षेत्र बलेवामा रहेको भैरवस्थानको मन्दिरमा केवल कार पु¥याउने योजना यसअघि चर्चामा थियो । त्यो पनि सेलाएर गएको छ । दुई छिमेकी जिल्लाको विकासबाट पाठ सिकेर अब बागलुङ बजार बनाउन सबै जुट्नु पर्छ ।
Previous Articleराजमो निसीखोला गाउँपालिकाको कार्यकर्ता भेला सकियो
Next Article भोट नबेचौं !