मस्को, २२ चैत – रुसको सेन्ट पिटर्सबर्गस्थित मेट्रो स्टेशनमा सोमबार भएको विस्फोटमा ११ जनाको ज्यान गएको छ । दुइवटा मेट्रोस्टेसनबीचको टनेलमा दुई वटा विस्फोट भएका थिए । घटनामा ५० जना घाइते भएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सबेरै सेन्ट पिटर्सबर्गमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका थिए । पुटिनले विस्फोटको घटनाको छानबिन गरिने जनाएका छन् ।
विस्फोटपछि सबै मेट्रो स्टेसन बन्द गरिएका छन् । सेन्ट पिटर्सबर्ग मेट्रोका ५ लाइन र ६७ स्टेसन छन् । सन् १९५५ मा सुरु गरिएको सेन्ट पिटर्सबर्ग मेट्रोले दैनिक २३ लाख मानिस बोक्छ ।
राष्ट्रपति पुटिनले सम्बोधन गरेको ठाउँमा विस्फोट, ११ को मृत्यु
Previous Articleपत्रकार महासंघको २५ औ महाधिवेशन एक महिनापछि सर्यो
Next Article मुख्य प्रतिद्वन्द्वी हराउन माओवादीको यस्तो छ तयारी