काठमाडौँ, २२ चैत -आगामी ३१ वैशाखका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आन्तरिक तयारी तीव्र बनाएको छ । उम्मेदवार छनोट कार्यविधि तथा मापदण्ड र आन्तरिक रूपमा चुनावी घोषणापत्रको समेत तयारी सम्पन्न गरिसकेको माओवादी केन्द्रले चुनावी तालमेल तथा मोर्चाबन्दीको तयारीसम्बन्धी नीतिसमेत बनाएर तल्ला कमिटीमा पठाएको छ ।
उम्मेदवार तथा चुनावी तालमेलअन्तर्गत माओवादी केन्द्रले मुख्य प्रतिद्वन्द्वीभन्दा केही कमजोर र अन्य पार्टीभन्दा बलियो भएको ठाउँमा मुख्य पद आफूलाई राखेर अन्य पद छाड्ने गरी अन्य पार्टीसँग तालमेल गर्ने नीति अगाडि सारेको छ । माओवादीले कुनै किसिमले महत्व राख्ने कुनै स्थानलाई सुरक्षित राख्न एक वा एकभन्दा बढी एकाइहरूको तालमेललाई समेत जोड दिएको छ ।
मुख्य प्रतिद्वन्द्वी हराउन माओवादीको यस्तो छ तयारी
Previous Articleराष्ट्रपति पुटिनले सम्बोधन गरेको ठाउँमा विस्फोट, ११ को मृत्यु
Next Article नेपाल गन्तव्यको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन