काठमाडौँ, २१ चैत – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको छ ।
आयोगको बैठकले न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीहरूसमेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा चैत २५ गतेदेखि लागू हुने गरी नियुक्ति गर्ने निर्णय गरेको छ ।
नियुक्त भएका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतहरूको नामावली चैत २२ गतेको गोरखापत्रमा प्रकाशन गर्ने निर्णय आयोगले गरेको छ ।
यसैबीच २०७४ बैशाख ३१ गते आइतबार हुने स्थानीय तहको निर्वाचनमा प्रयोग गर्ने गरी फोटोसहितको मतदाता परिचयपत्रको छपाइको कार्य निर्वाचन आयोग परिसरमा सुरू भएको छ ।
७५ जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृतमा नियुक्त
Previous Articleचीनले सगरमाथाको आधार शिविरमा बिजुली जोड्दै
Next Article पत्रकार महासंघको २५ औ महाधिवेशन एक महिनापछि सर्यो