बागलुङ, १९ चैत – चैत्राष्टमी पर्वको अवसरमा आयोजित मेलाको आकर्षणको केन्द्र धौलागिरि अञ्चल स्तरिय भलिवल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।
कालिका भगवती गुठीको आयोजनामा शुरु भएको कालिका कप प्रतियोगिताको आयोजक संस्थाहरुले संयुक्त रुपमा गरेका थिए । आयोजक संस्थाको तर्फवाट जिल्ला समंन्वय समितिका स्थानिय बिकास अधिकारी रामप्रसाद आचार्यले रेफ्लिाई बल र सिठ्ठी हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै स्थानिय बिकास अधिकारी आचार्यले उत्कृष्ट जिवन र स्वास्थ्यका लागि खेल महत्वपूर्ण भएकाले खेलाडिहरुले खेललाई सहि सदुपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुवेदी र सुनचाँदी व्यवसायी संघ बागलुङका अध्यक्ष ओमबहादुर बिश्वकर्माले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम गुठीका अध्यक्ष राजु खड्काको अध्यक्षता र सदस्य सचिव निशान खड्काको संचालनमा सम्पन्न भएको थियो । धौलागिरि अञ्चलका बिभिन्न जिल्लाका गरि २४ टिमको सहभागीता रहेको प्रतियोगिताको उद्घाटन खेलमा पालालाई पराजित गरि धम्जा बिजयी भएको छ । त्यसैगरि छिस्तीलाई पराजित गरि देविस्थान बिजयी भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख ३३ हजार ३ सय ३३ सहित कालिका कप, द्धितीय हुनेलाई ८८ हजार ८ सय ८८ र तृतीय हुने २ टिमलाई नगद २०/२० हजार सहित प्रमाणपत्रको व्यवस्था गरिएको गुठीले जनाएको छ । मेलाको अर्को आकर्षको केन्द्र राष्ट्रिय लोक दोहोरी गित प्रतियोगिता पनि भोली देखि शरु हुने बताइएको छ ।
त्यसैगरि चैत्राष्टमी पर्वको अवसरमा संचालित अन्तर कलेज फुटवल प्रतियोगितमा अन्तरगत तेस्रो दिन आज दुइ खेल सम्पन्न भएको छ । कालिका भगवती गुठीको आयोजना, फ्युचर ब्राइटर स्पोट क्लव र बागलुङ खेलकुद क्लवको संयोजनमा बागलुङको रामरेखामा चैत्राष्टमी पर्वको अवसरमा पहिलो पटक आयोजना गरिएको फुटवल प्रतियोगितामा तेस्रो दिन २ खेल सम्पन्न भएका हुन् ।
प्रतियोगितामा अन्तरगत शुक्रवार भएको पहिलो खेलमा धौलागिरि बहुमुखी क्याम्पसलाई पराजित गरि डिग्नीटि कलेज र दोस्रो खेलमा फ्युचर ब्राइटरलाई पराजित गरि मुलपानी उच्च बिजयी भएको प्रतियोगिताका संयोजक फडिन्द्र खड्काले जानकारी दिए ।
Previous Articleजातिय मुक्ति समाज बागलुङको अध्यक्षमा मनोज
Next Article ‘महिलाहरुको मुद्धा चाँडो सुनवाई गरिनुपर्छ’