बागलुङ, १७ चैत/नेपाली काँग्रेस बागलुङको निसीखोला गाउँपालिका स्तरिय बैठकले साविकका गाविसबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार हुनका लागि बढिमा ३ जना आकांक्षीको नामावली सिफारिस गर्न गाउँ कार्यसमितिलाई निर्देशन दिएको छ । निसीखोलाको कान्छी बजारमा भएको बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि साबिकका राजकुत, देबिस्थान, बोहरागाउँ र निसी गाविसबाट बढिमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन गरेको हो । साविकका गाउँ कार्यसमितिले ३ भन्दा बढिको नाम सिफारिस गर्न पाउने छैनन् । तिन वा तिनभन्दा थोरैको नाम सिफारिस गर्न सक्ने जिल्ला सदस्य प्रकाश कुँवरले जानकारी दिए । यसरी आउने नाममाथि गाउँपालिका स्तरिय बैठकमा छलफल गरेर उम्मेदवार चयन गर्ने प्रक्रिया अघि बढाईने उनले बताए । जिल्ला सदस्य तारानाथ पौडेलको अध्यक्षतामा भएको बैठकले गाउँपालिकाका सबै वडामा आमसभा गर्ने निर्णय गरेको छ । चैत्र २४ गतेदेखि ३१ गतेसम्म सबै वडामा वडा स्तरिय आमसभा गर्ने र बैशाख ३१ गते सबै वडाबाट ¥यालीसहित निसीखोला गाउँपालिका स्तरिय बृहत सभा बडा नम्बर–३ को झिवाखोलामा गर्ने बैठकले निर्णय गरेको छ । चैत्र २४ गते बडा नम्बर–६ मा, २५ गते ५ मा, २७ गते ४ मा, २८ गते ३ मा, २९ गते २ मा, ३० गते १ मा र चैत्र ३१ गत वडा नम्बर–७ मा वडा स्तरिय आमसभा हुनेछन् । बैठक जिल्ला सदस्य तारानाथ पौडेलको अध्यक्षता र चन्द्रसिंह राम्जालीको सञ्चालनमा सम्पन्न भएको थियो ।