बागलुङ, १५ चैत – जिल्ला शिक्षा कार्यालयको लापरवाहीका कारण कक्षा ८ को जिल्ला स्तरीय परिक्षाको सबै प्रश्नपत्र नै बाहिरिएपछि बागलुङमा परिक्षा प्रभावित भएको छ ।
सबै बिषयका प्रश्न बाहिरिँदा दिइसकेका २ वटा बिषयको परिक्षा भने पुरानै कायम गरिएको शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका २ सय १७ वटा विद्यालयहरुमा यहि चैत १३ गतेबाट परिक्षा सञ्चालन गरिएको थियो । विद्यार्थीहरुले १३ गते अंग्रेजी र १४ गते नेपाली बिषयको परिक्षा भने दिइसकेका छन् । १३ गतेको परिक्षाको प्रश्नपत्र नै १२ गते बेलुका नै बाहिरिएको बताईएको छ ।
अब बाँकी रहेका बिषयहरुको नयाँ प्रश्नपत्र तयार पारी परिक्षा गर्न शिक्षा कार्यालयले विद्यालयहरुलाई निर्देशन दिएको छ । सबै बिषयका प्रश्न बाहिरिदा दिइसकेका २ वटा बिषयको परिक्षा भने पुरानै कायम गरिएको शिक्षा कार्यालयले जनाएको छ । यस बिषयमा कतिपयले शिक्षा कार्यालयको निर्णय गलत भएको टिप्पणी गरेका छन् । जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रका अनुसार, चैत्र १० र ११ गते नै सम्बन्धित विद्यालयमा प्रश्नपत्र पठाएकोले विद्यालयबाटै प्रश्नपत्र बाहिरिएको हुन सक्छ । कसले कसरी प्रश्न पत्र सार्वजनिक ग¥यो भन्ने बिषयमा छानबिन गरिरहेको मिश्रले बताए ।
अहिलेसम्म पुष्टी नभएकाले सम्बन्धि निकायलाई अनुसन्धानका लागि आग्रह गरिएकोले छिट्टै पत्ता लाग्ने र गल्ती गर्ने व्यक्तिलाई कारबाही गर्ने जिशिअ मिश्रले बताए । विद्यालयहरूको शैक्षिक स्तर मूल्याड्ढन गर्ने आधार भएकाले जिल्लाभरी कक्षा ८ का लागि एकै किसिमको प्रश्नपत्र तयार गरिन्छ ।
प्रश्नपत्र तयार, छपाइ र वितरण प्रक्रियासम्म राज्यले लाखौँ बजेट खर्च गरिरहेको छ । प्रश्न संकलन गर्ने विषयगत शिक्षकहरू, संकलित प्रश्नहरूलाई अन्तिम रूप दिने विशेषज्ञ शिक्षक तथा प्रश्न सम्पादक र छापाखानाले समेत जिम्मेवारी बहन गर्नुपर्ने देखिएको छ ।
अनुशासन, गोपनीयता, अनुभव, विशेषज्ञता तथा विज्ञतालाई प्राथमिकता नदिई प्रश्नको नमुना संकलनदेखि सम्पादन, छपाइ, जिशिका, स्रोतकेन्द्र र विद्यालयबाट प्रश्नपत्र बाहिरिन सक्ने आशंका गरिएको छ ।
Previous Articleभारतसंग इन्धन आपुर्ति सम्झौता
Next Article पुस्तकालयमा युवा आर्कषण बढाउनु पर्ने