पोखरा १४ चैत – पोखरा-लेखनाथ महानगरपालिकाको सम्भावित उम्मेदवारको रूपमा नेपाली कांग्रेसबाट रामचन्द्र त्रिपाठी र नरेश शंकर पालिखेको नाम चर्चामा छ । पालिखे उद्योग वाणिज्य संघमा समेत आबद्ध छन् ।
उपमेयरका लागि कांग्रेसका कोपिला रानाभाट, शकुन्तला कोइराला र विष्णु कोइरालाको नाम चर्चामा रहेको कांग्रेसका स्थानीय नेता बताउँछन् ।
एमालेको तर्फबाट श्रीनाथ बराल र कृष्ण थापाको नाम चर्चामा छ । बराल पूर्व जिविस उपसभापति हुन् भने थापा पोखराका पूर्वमेयर हुन् । थापा २०७० को संविधानसभा निर्वाचनमा कास्की २ बाट पराजित भएका थिए ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका पूर्व डीन भरत पहारी पनि एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्ने चर्चा छ ।
उपमेयरका लागि मीना गुरुङ, देवका पहारी र मञ्जु गुरुङको नाम चर्चामा छ । मीना पिएन क्याम्पसकी पूर्व विद्यार्थी नेत्री हुन् । उनी संघीय समाजवादीमा प्रवेश गरेर पछि एमाले फर्केकी हुन् । पहारी नेकपा एमालेकी उपसचिव हुन्, उनी पिएनमा पढाउँछिन् । मञ्जु अनेमसंघ कास्कीकी उपाध्यक्ष हुन् ।
माओवादी केन्द्रको तर्फबाट बखानसिंह गुरुङ र दीपक कोइरालाको चर्चा छ । कोइराला माओवादी केन्द्रका जिल्ला अध्यक्ष हुन् भने गुरुङ माओवादीका पूर्व जनसरकार प्रमुख हुन् ।
पोखरामा राप्रपाको तर्फबाट जयलाल पुनको चर्चा छ । उनी राप्रपाका कास्की जिल्ला अध्यक्ष हुन् । संघीय समाजवादी पार्टी र अखण्ड पार्टीले समेत सांकेतिक रूपमा उम्मेदवारी दिने चर्चा छ ।
जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार जिल्लामा निर्वाचनको महोल निकै राम्रो बनिरहेको छ । जिल्लामा २ लाख २५ हजार भन्दा बढी मतदाता रहेका छन् । जिल्लामा एक सय ५० वटा मतदानस्थल समेत कायम गरिएको छ ।
जिल्ला निर्वाचन अधिकृत गंगालाल सुवेदीले अहिले निर्वाचन सञ्चालनका लागि कर्मचारीहरूको विवरण माग्ने काम भइरहेको बताए । त्यसपछि चाहिँ मतदाता प्रशिक्षण कार्यक्रम सञ्चालन हुने उनी बताउँछन् ।
उनका अनुसार जिल्लामा मतदाताहरू निकै उत्साहित छन् । ‘अहिले पनि नाम छुटेका र नाम बिग्रिएका मतदाताहरू कार्यालयमा आउने गर्नुभएको छ, तर अहिले मिलाउन मिल्दैन,’ उनले भने, ‘दलका उम्मेदवारहरूले पनि आफ्नो विवरणको बारेमा सोधखोज गर्न थाल्नुभएको छ ।’
उनका अनुसार कास्कीमा पनि ठूला पार्टीहरूकै बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दलहरूले पनि आफ्ना गतिविधिलाई बढाइरहेका छन् । जिल्लामा निर्वाचन भाँडिने सम्भावना छैन ।
कास्कीमा पनि सद्भावना, तमलोपा लगायतका तराईकेन्द्रित पार्टीहरू भएपनि उनीहरूले त्यहाँ निर्वाचन भाँड्ने लगायतका गतिविधि गरेका छैनन् ।