काठमाडौं, १५ चैत – स्थानीय तह चुनावका लागि चीन सरकारले साढे १४ करोड रुपैया बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले स्थानीय चुनावमा ९ मिलियन चिनियाँ युआन (करिब १४ करोड ४० लाख रुपैया) सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यसअघि नेपालको तीनदिने भ्रमणको क्रममा चिनीयाँ रक्षामन्त्री जनरल चाङ वाङगुवाङले नेपाली सेनालाई ५० करोड रुपैयाँ बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरिसकेका छन् । राष्ट्रपति जिनपिङले नयाँ सहायता घोषणा गरेका हुन् ।
स्थानीय चुनावमा चीनले नेपाललाई साढे १४ करोड दिने
Previous Articleको को भिडदैछन पोखरा-लेखनाथ महानगरपालिकामा ?
Next Article दीपाश्रीसँग जिस्किए गृहमन्त्री निधि