बागलुङ, १३ चैत – नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आधुनिक सूचना केन्द्र सहितको भवन निर्माणका लागि आगामी चैत्र १६ गतेदेखी अभियान सञ्चालन गरिने भएको छ ।
बानपा २ मा निर्माण हुन लागेको भवनका लागि आर्थिक स्रोत जुटाउन महासंघले ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ अभियान सञ्चालन गर्न लागेको हो ।
भवन निर्माण अभियानलाई प्रभावकारी बनाउन शनिवार महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बसेको बैठकले जिल्लाको नगरपालिका र गाउँपालिका स्तर गलकोट, कुश्मिशेरा, बुर्तिबाङ, खरबाङ र बरेङमा सहयोग संकलन उपसमिति गठन गर्ने निर्णय गरेको महासंघका सचिव राम ‘अविरल’ले जानकारी दिनुभयो । साथै बिदेशमा रहेका महासंघका साधारण सदस्य सँग समन्वय गरि बिदेशमा पनि अभियान सञ्चालन गरिने सचिव थापाले बताए ।
बैठकले महासंघको पदाधिकारीले न्युनतम २० हजार, सल्लाहकारले १० हजार, कार्यसमिति सदस्य, केन्द्रिय सभासदले न्यनुतम ५ हजार, प्रदेश सभासदले ३ हजार र साधारण सदस्यले न्युनतम १ हजार प्रदान गर्ने निर्णय गरेको छ । महासंघ शाखामा हाल १ सय ८१ जना पत्रकार आवद्ध छन् ।
भवन निर्माणका लागि जिविस, बागलुङ नगरपालिका लगायतका सघं संस्थाबाट बिनियोजित करिब १० लाख रुपैयाँको सम्झौता भइसकेको छ भने सञ्चार मन्त्रालयबाट बिनियोजित ५ लाखको सम्झौता हुन बाँकी छ ।
करिब १ करोडको लागतमा निर्माण हुने भवनका लागि चैत्र १६ गते बिशेष समारोहका बिच आर्थिक अभियान घोषणा गर्ने र बैशाख १ गते नयाँ बर्षका दिनबाट कार्य शुभारम्भ गरिने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए ।
‘हामी चैत्र महिनाभर अभियानलाई अत्यन्त प्रभावकारी हिसावले अघि बढाउछौ, उनले भने, बैशाखबाट हामी निर्माण कार्य र सहयोग अभियानलाई सँग सँगै अघि बढाउनेछौ ।’
Previous Articleबलेवामा निःशुल्क स्वास्थ्य शिविर
Next Article १३ चैत २०७३, ढोरपाटन दैनिक