तुल्सीराम पाण्डे
एउटा माउँमा एक जना साहु रहेछन् । उनका ९ वटी छोरी लगातार जन्मेछन् । त्यस समयमा (१९९० सालतिर) छोरा नहुनेहरु साहै हेपिदारहेछन् । आफ्नो जायजेथा छोरीलाई दिन नमिल्ने र छोरीले किरिया पनि गर्न नमिल्ने धार्मिक नियम रहेछ ।
कसैको अपुताली परेमा विवाह गरेको छोरीको माइती हराउने । जायजेथाभने किरिया गर्ने दाजुभाइको आधा र आधा मुखियाको हुदोरहेछ । छोरीहरु निराश भएर माइत आउन खोजेमा त्यही अंश खाने घरमा आउँदारहेछन् । त्यसखालको सामाजिक परिवेश भएको देखेर उनि अत्यन्तै चिन्तित बनेका रहेछन् आफ्नो उमेर ६०÷६२ वर्षहुँदा सम्म पनि छोरा नजन्मेपछि जेठी श्रीमतीबाट अब सन्तान जन्मने आस रहेनछ र विवाह गर्न अर्को बासबसी आफ् त्यहाँ आउनुको कारण बताएछन् ।
मुखीयाले पनि उनको विवाह गरी दिन पाएमा आफुले मनगे दाम खान पाइने लोभले आफै झोला बोकेर हिड्ने र उहिलेको चलन अनुसार भात पनि मिल्ने सहायककी १३ वर्षे छोरी सँग विवाह गराइ दिएछन् । विवाह गरेपछि ससुरालीले पनि साहु घरमा छोरी दिन पाएकोमा खुसी नै भएछन् । कन्याको भने कुरा नसुनीने हुनाले खुसी वा दुःखी भएको थाहा भएनछ । त्यसपछि घरजम गर्दै जाँदा ५ वर्षपछि पहिलो छोरा जन्मेछन् । त्यसको २ वर्षपछि दोश्रो र फेरी ३ वर्षपछि एउटी छोरी जन्मेछन् र अरु सन्तान भने भएन्छन् । त्यस पछि सन्तान पनि राम्रैसँग हुर्केछन् । माइती पनि भान्जा भान्जी वा नातीनातीनी जन्मेपछि र हुर्कदै जाँदा खुसी नै भएछन् र पहिलो श्रीमतीपट्टीका छोरीहरु र घरम्ले माइती थामिएकोमा खुसी नै भएछन् । ज्वाईभने ससुराभन्दा १५ वर्षले जेठा परेछन् । ३ वटा सन्तान जन्मेपछि उनीहरुको धार्मिक नियम अनुसार कर्म चलाउँदै गएछन् । जेठो छोरा १५ वर्षको भएपछि उनी वितेछन् र उनै छोराहरुले किरिया गरेछन् । पछि भान्जाहरुले पढ्दै जाँदा माथिल्लो पदमा पुगेछन् र मामाका छोराहरु सवैलाई एक एक ठाएँमा पेशामा लगाएर सवैको जिवन सहज रुपले चल्ने व्यवस्था मिलाई दिएछन् ।
त्यसो गर्दैगर्दा पञ्चायतको विचोविच अवस्थामा सवैको व्यवस्था मिलेछ । त्यसपछि गाएँमा कुरामा कुरा चल्दा र जोडी मिलाएर विवाह गर्नुपर्छ भन्दाखेरी फलानाको हेर्न । मिल्दो आए मात्र जोडी मिलाउने हो । उमेर मिलेन र जोडि मिलेन भनेर फलानाले छोरी नदिएको भए अहिले उनीहरु पनि कसैको निमेक गर्न हिडेका हुन्थे वा दिल्लीमा भाँडा माँझेका हुन्थे । वर्ता ठूलो कुरो भएमा त्यही मुखीयाको धरो र धोती झोलामा बोकेर उनीहरुकै पछि पछि हिडेका हुन्थे । छोरीले पनि माइत आउँदा घरमा सधै निमेकमा हिड्न परेको र कहिल्यै मिठो खान र सुख नपाएको कुरा सुनाउँदा कस्तो हुँदो हो । अहिले कति चैन छ । भविष्य राम्रो हुने देखेमा कहिलेकाँही त्याग पनि गर्नुपर्छ । त्यो थोरै त्याग हो । प्रजातन्त्र ल्याउन भनेर कसैले ज्यान समेत दिए त्यो ठूलो त्याग हो । भनेर एक अर्कामा कुरा गर्ने त्यो कुरा फाटफुट रुपमा धेरै वर्षसम्म चलिरहयो ।
Previous Article२०७३ चैत १२ गते शनिबारको राशिफल
Next Article बढ्दो लगानी, घट्दो उपलब्धी