काठमाडौं, ११ चैत – गृह मन्त्रालयले हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा प्रत्याभूति हुने गरी स्थानीय चुनावका लागि सुरक्षा रणनीति बनाएको बताएको छ ।
गृह मन्त्रालका अधिकारीहरुले बिहीबार निर्वाचन सुरक्षा रणनीतिबारे निर्वाचन आयोगका पदाधिकारीहरुलाई व्रिफ्रिङ्ग गरेको छ । गृह सचिव लोकदर्शन रेग्मीले क्षेत्रीय स्तरदेखि वडास्तरसम्म सुरक्षा व्यवस्था मिलाएकाले कसैले पनि सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था नभएको दाबी गरे । गृहको सुरक्षा योजना र रणनीतिप्रति निर्वाचन आयोगले पनि सन्तोष जनाएको छ ।
यस्तै केही विषयमा थप स्पष्ट गर्न र कार्यान्वयन योग्य सुरक्षा योजनालाई प्राथमिकता दिन पनि सुझाव दिएको आयोगले जनाएको छ । आयोगले मतदानपछि मतपेटिका ढुवानी, मतगणना लगायतको सुरक्षा तथा समग्र निर्वाचनको व्यवस्थापनमा सचेत र चनाखो रहन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
छलफलमा गृह सचिव लोकदर्शन रेग्मी, प्रहरी निमित्त प्रमुख डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथी विनोदकुमार श्रेष्ठ लगायत सहभागी थिए ।
Previous Article११ चैत २०७३, ढोरपाटन दैनिक
Next Article आदित्य प्रतिभा प्रतिष्ठानबाट १५ जनालाई छात्रवृत्ति