बागलुङ, ८ चैत – चैत्राष्टमी मेला ०७३ मा समावेश गरिएको भलिबल प्रतियोगिताका बिजेतालाई कालिका कप सहित नगद १ लाख ३३ हजार ३ सय ३३ रुपैया पुरस्कार तोकिएको छ । प्रतियोगिताका उपविजेतालाई नगद ८८ हजार ८ सय ८८ रुपैया तथा तेस्रो हुने २ टिमलाई २०।२० हजार रुपैया नगद वितरण गरिने मेला ब्यवस्थापन समितिका मुल संयोजक राजु खड्काले जानकारी दिए ।
बिजेता, उप विजेता तथा तेस्रो हुने खेलाडीहरुलाई पदक तथा प्रमाण वितरण गरिने छ । यस बर्षको चैत्राष्टमी मेलामा अन्तर गाविस धौलागिरी अंचल स्तरीय कालिका कप भलिबल प्रतियोगिता संचालन गर्न लागिएको छ ।
मेलामा धौलागिरी अंचल भित्रका साविकका गाविसहरुले भाग लिन पाउने छन । गाविस भित्रका क्लब वा संघसस्थाहरुले पनि सहभागिता जनाउन पाउने छन । सोका लागी सम्बन्धित गाविसको सिफारिस तथा खेलाडीको नागरिकता वा परिचय पत्र पेश गर्नु पर्नेछ । चैत्राष्टमी मेला ०७३ मा धेरै टिमहरुले भाग लिने अुनमान गरिएको छ । कम्तिमा २० भन्दा बढी टिमले भाग लिने छन । स्थानिय खेलाडीहरुको कला र प्रतिभा यस पटक देखिने गरी तयारी थालिएको राष्ट्यि भलिबल खेलाडी प्रोमिल काउचाले बताए । चैत्राष्टमी मेलाले भलिबल खेलाडीहरुको प्रतिभा प्रदर्शनमा विगत देखि नै उच्च भूमिका खेलेको थियो । यस पटक स्थानिय खेलाडीहरुको क्षमता अभिबृद्धिमा समेत मेलाले भूमिका खेल्ने काउचाले विश्वास ब्यक्त गरे ।
चैत्राष्टमीमा हुने भलिबललाई राष्ट्यि स्तरको श्रेणीमा खेलाइने भएकाले यहां खेलेको खेलाडीले राष्ट्यिस्तरका जुनसुकै ठाउंमा गएर ढुक्क साथ खेल्न सक्ने आत्मबल पैदा हुने काउचाको विश्वास छ । कालिका पिकनिक स्पर्टमा १९ गते देखि आरम्भ हुने प्रतियोगिताका लागी भलिबल टिमहरुले १६ गतेसम्ममा टिम दर्ता गर्न पर्नेछ । १७ गते टाइसेट सार्बजनिक गरिने छ । प्रतियोगिता ब्यवस्थापनको जिम्मेवारी मेला ब्यवस्थापन समितिले जिल्ला भलिबल संघ, बागलुङलाई दिएको छ । कालिका कप भलिबल प्रतियोगिताको ब्यवस्थापनका लागी कूल ७ लाख ५० हजार खर्चको अनुमान गरिएको संघका सचिव सन्दिप पन्तले जानकारी दिए । कालिका कप भलिबल हाल सम्मको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएकोले अंचल भित्रका खेलाडीहरुमा विषेश आकर्षण थपिने पन्तको विश्वास छ । प्रतियोगितामा विभिन्न ६ विधाका उत्कृष्ठ खेलाडीहरुलाई समेत पुरस्कारको ब्यवस्था मिलाइने सचिव पन्तले बताए । |
कालिका कप बिजेतालाई १ लाख ३३ हजार पुरस्कार
Previous Articleप्रहरी महानिरीक्षकमा चन्दको नियुक्ति सर्वोच्चद्वारा बदर
Next Article मन र दिमाग चलाउन एमालेको निर्देशन