बागलुङ, ५ चैत – स्थानीय तहको निर्वाचनमा बागलुङमा १४ वटा राजनैतिक दलले भाग लिदै छन । निर्वाचन कार्यालयले दिएको समयसिमा भित्र जिल्ला निर्वाचन कार्यालयमा १४ वटा दलहरुले मात्र आफ्नो विवरण अद्यावधिक गराएका छन् ।
यसभन्दा अगाडिको निर्वाचनमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा माले, राप्रपा, संघिय समाजवादी फोरम, अखण्ड नेपाल पार्टी जिल्लाको निर्वाचनमा सहभागी हुनेछन ।
त्यस्तै, नयाँ सूचीकृत हुने राजनैतिक दलमा नयाँ शक्ती पार्टी, राष्ट्रिय शिव सेना पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, नेपाल दलित पार्टी र युनाईटेड ग्रिन अर्गानाईजेशन पाटी रहेका छन ।
स्थानीय तहको निर्वाचनका लागि बागलुङमा एक सय पाँच मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले तोकिएका केन्द्र निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । आयोगले स्वीकृत गरेपछि मतदान केन्द्र तोक्ने कार्यले अन्तिम रुप पाउनेछ ।
जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा गरी एक सय तीन मतदान केन्द्र राख्ने निर्णय भएको समितिका संयोजक प्रजिअ भागीरथ पाण्डेयले वताए । सोअनुसार बागलुङ नगरपालिकामा २२, काठेखोला गाउँपालिकामा १०, जैमुनी नगरपालिकामा ११, बरेङ गाउँपालिकामा पाँच र गलकोट नगरपालिकामा १३ मतदान केन्द्र तोकिएको छ ।
यस्तै ताराखोला गाउँपालिकामा छ, बडीगाड गाउँपालिकामा १२, ढोरपाटन नगरपालिकामा ११, तमानखोला गाउँपालिका छ र निसीखोला गाउँपालिकामा सात मतदान केन्द्र रहनेछन् । मतदान केन्द्र सिफारिस समितिको बैठकले सबै पक्षलाई निर्वाचनको वातावरण बनाउनसमेत आग्रह गरेको छ ।
बागलुङमा १४ दलले भाग लिने, १०३ मतदान केन्द्र
Previous Articleफुटबलमा क्रान्ति गर्दै चीन
Next Article योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री