बागलुङ, ४ चैत – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय बागलुङले आर्थिक वर्ष २०७३/०७४ फागुन मसान्त सम्म २ करोड बढिको कारोवार गरेको छ ।
गत आर्थिक बर्ष २०७२/०७३ मा ढिका नुन ६ हजार ५३ क्विुन्टल विक्रीबाट ४५ लाख ५ हजार ५ सय ८० रुपैयाँ र आयो नुन ११ हजार ५ सय ८१ क्विन्टल विक्रीबाट १ करोड ९१ लाख ९ हजार ४ सय ४५ रुयैया गरी जम्मा २ करोड ३६ लाख १५ हजार ५५ रुपैयाँको कारोवार गरेको कार्यालयका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार आर्थिक बर्ष २०७३/०७४ को फागुन मसान्त सम्ममा ढिका नून ५ हजार ७ सय ४१ क्विनटल बिक्रिबाट ४२ लाख ३७ हजार २ सय ६०, आयोनून १३ हजार १ सय ६३ क्विनटल बिक्रीबाट २ करोड १७ लाख १९ हजार ७ सय ७५ रुपैयाँ गरि जम्मा २ करोड ५९ लाख ५७ हजार ३५ रुपैयाको कारोबार गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
यो बर्ष आयो नुनको बढि बिक्री तथा उपभोग गर्नेको सख्या बृद्धि साथै गत वर्षको तुलनामा आयो नुन उपभोेग गर्ने ५ प्रतिशतले वृद्धि भएको साल्ट टे«डिङ कर्पोरेशन लिमिटिड डिपो कार्यलयले जनाएको छ ।
आयो नुनु जनचेतना, दशै तिहारको सुपथ मुल्य पसलको प्रभाव, पुष १६ देखी माघ १६ सम्म फेब्ररी महिनामा आयो नुनको अभियानको अवधारणका कारणले आयो नुन उपभोग संख्यामा बृद्धि भएको कार्यालयका प्रमुख श्रेष्ठले बताए ।
आयो नुनको कमीले बच्चाहरु मानसिक तथा शारीरिक रुपले कमजोर हुने, सुस्त मनःस्थिती, लाटो, लठ्याँैरो बच्चा जन्मने, गर्भपतन हुने सम्भावना, गाई तथा भैसीले दुध कमि दिने भएकोले आयो नुन युक्त दुई बालबालिका चिन्ह अंकितको नुन नै उपभोग गर्न साल्ट टे«डिङले अनुरोध समेत गरेको छ ।
बागलुङमा मुख्य कार्यालय रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले धौलागिरीका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ सम्म ढिका र आयोनुनको कारोवार गर्दै आएको छ ।
Previous Article४ चैत २०७३, ढोरपाटन दैनिक
Next Article सुल्डाँडामै केन्द्र राख्न सुझाव