म्याग्दी, ४ चैत – जिल्लाको महेन्द्ररत्न मावि बरङ्जाबाट मावि तह उत्तीर्ण गरेका विद्यार्थीले चार लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । महेन्द्ररत्न उमावि पूर्वविद्यार्थी संघका अध्यक्ष लोकेश पुनमगरले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको जानकारी दिए । पुनका अनुसार, कोषलाई बढाएर १० लाख पु¥याउने लक्ष्य समेत रहेको छ । कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ । यसरी छात्रवृत्ति पाउनेमा कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थी रहने पूर्वविद्यार्थी संघका अध्यक्ष पुनले जानकारी दिए । पुनमगरले आफ्नी स्व बहिनी ओमकुमारी पुन (शान्ति) को सम्झनामा एक लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिएका छन् । यस विद्यालयबाट एक हजार ५ सय भन्दा बढी विद्यार्थीले एसएलसी र २ सय भन्दा बढीले दस जोड दुई उतिर्ण गरिसकेका विद्यालयले जनाएको छ ।
Previous Articleपहिरो रोकथाम गर्न कम खर्चिलो प्रविधि
Next Article माध्यामिक तहको एसईई परिक्षा शुरु