बागलुङ, ३ चैत – प्रगति आधारभूत विद्यालय मल्म गाविस–७ गलकोट बागलुङको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा एकता युवा मञ्च मल्मले नगद एक लाख रुपैयाँ अक्षय कोषका लागि हस्तान्तरण गरेको छ ।
गत माघ १४ गतेबाट १६ गतेसम्म मञ्चले आयोजना गरेको विविध खेलकुद एवं सांस्कृतिक कार्यक्रमबाट संकलित रकम मध्येको १ लाख हस्तान्तरण गरिएको होे । विद्यालयमा अध्ययनरत दलित तथा विपन्न वर्गका विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्वीको लागी गत माघ १० जनहित मावि मल्मलाई १ लाख मञ्चले हस्तान्तरण गरिसकेको मञ्चले जनाएको छ ।
कार्यक्रममा एकता युवा मञ्च मल्मका अध्यक्ष थम्मन थापा सन्देश, नेपाली कांग्रेस मल्मका सभापति यज्ञ सापकोटा, विद्यालयका संस्थापक सदस्य दलबहादुर थापा, मुलपानी सप्ताहघाट महिला कृषक समुहका अध्यक्ष थुमकुमारी थापा, जनहित मावि मल्मका प्रधानाध्यापक विष्णु गौतम, हरिचौर श्रोतकेन्द्रका श्रोतव्यक्ति बमबहादुर थापा, विद्यार्थी एन्जिला अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा आयोजित एकल नृत्य प्रतियोगितामा प्रगति आधारभुत विद्यालय मल्मका रञ्जिता थापा प्रथम, जनहित मावि मल्मका प्रतिमा दर्जी द्वितिय र विष्णु प्रावि मल्मका कञ्चन परियार तृतिय भएका थिए । कार्यक्रममा चन्दादाता, अक्षयकोष दाता र गलकोटका ३ जना पत्रकारलाई सम्मान गरिएको थियो भनें विद्यार्थीहरुले सांगितिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । २६ औं वार्षिकोत्सवमा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक नगेन्द्र मल्लले प्रस्तुत गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, शिक्षक अभिभावक संघका संयोजक लोकबहादुर थापाको स्वागत र शिक्षक हरिदत्त गौतम र सावित्रा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleउपभोक्ता अधिकार दिवस मनाईयो
Next Article नेपाली महिलालाई सामूहिक बलात्कार गर्ने ५ पक्राउ