बागलुङ, ३ चैत – चारतारे युवा क्लव (सिवाईसी) नेपालले आयोजना गरेको दुई दिने प्रभावकारी उद्घोषण कला तथा समाचार लेखन तालिम बुधवार सम्पन्न भएको छ ।
संस्थामा कार्यरत शाखा प्रवन्धक तथा सिनीयर कर्मचारीहरुको उद्घोषण तथा समाचार लेखन कलाको विकास गरी संस्थाले सञ्चालन गर्ने गतिविधि, अभियान तथा कार्यक्रमलाई मिडिया मार्फत आम जनसमुदायमा पु¥याई संस्थाको छविलाई उच्च बनाउने अभिप्रायले सञ्चालित तालिममा उद्घोषण, समाचार, भाषणकला लगायतका विषयमा जानकारी दिइएको थियो । दुई दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले गरेका थिए ।
तालिममा सहभागीले आफ्नो कार्यक्षेत्रमा गई तालिमबाट सिकेका कुरालाई मिडियासंग समन्वय तथा सहकार्य गरी आफ्नो व्यक्तिगत तथा संस्थागत विकासमा प्रभावकारी भुमीका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तालिम समापनका क्रममा सिवाईसी नेपालले सञ्चालन गरेको लघुवित्त कार्यक्रम मार्फत उद्यमी बनेका सदस्यहरुको सफलताको कथा सहितको एउटा छुट्टै पुस्तक प्रकाशन गर्ने र त्यसको सम्पादन प्रशिक्षक शिरीषले गर्ने कार्ययोजना निर्माण गरिएको संस्थाका प्रवन्धक संगिता शर्माले बताइन् ।
तालिम समापनका क्रममा सिवाईसी नेपालका सल्लाहाकार देववहादुर श्रेष्ठ, अध्यक्ष चण्डिप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष एवं प्रशिक्षक दिल शिरीष, संस्थाका संस्थापक तथा बर्तमान कार्यसमिति सदस्य सीता शर्मा, सहभागीको तर्फबाट ईलाका प्रवन्धक शान्ति शर्मा, शाखा प्रवन्धक केशवप्रसाद शर्मा र सिवाईसी साकोसका सहायक अधिकृत अनिता घिमिरेले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका २० वटा शाखा कार्यालयका ३० जनाको सहभागिता रहेको समापन कार्यक्रमको सञ्चालन सिनियर सुचना तथा प्रविधि सहयाक सुमन जिसीले गरेका थिए ।
Previous Articleगाउँपालिकाको केन्द्र विवाद समाधानका लागि वार्ता हुने
Next Article सप्ताहको तेस्रो दिन शान्ति ¥याली