बागलुङ, २ चैत – सामाजिक कार्यमा क्रियाशिल रोट्रयाक क्लव अफ बागलुङले संचालन गरेको रोट्रयाक सप्ताहको दोस्रो दिन आज फलफुल बितरण गरिएको छ ।
बिभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमका साथ संचालन गरेको सप्ताहको दोस्रो दिन बानपा ११ निरयाघाटमा अवस्थित बृद्धाश्रममा रहेका १० जना जेष्ठ नागरिकलाई फलफुल बितरण गरिएको हो । क्लवका अध्यक्ष सुवास केसी र कार्यक्रम संयोजक सुस्मिता केसीको नेतृत्वमा गएको टोलीले जेष्ठ नागरिकको सुस्वास्थ्यको कामना गर्दै फलफुल बितरण गरेको हो ।
सो अवसरमा बोल्दै क्लवका अध्यक्ष केसीले क्लवको सामाजिक कार्य अन्तरगत बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई फलफुल बितरण गरिएको र आगामि दिनमा पनि समाजमा सकरात्मक प्रभाव पार्ने खालका कार्यक्रम गर्दै जाने बतए । आश्रममा रहेकी अगुवा जेष्ठ नागरिक पुरुषोत्तम आमाले अनावश्यक रुपमा खर्च गर्ने परम्परालाई तोड्दै क्लवले जेष्ठ नागरिकलाई फलफुल बितरण गरेर पुण्यको काम गरेको बताइन ।
सोमवारदेखि शुरु भएको कार्यक्रम अन्तरगत चैत २ गते शान्ति ¥याली तथा सगरमाथा आरोहणको तयारीमा रहनु भएका दृष्टिबिहिन अमिट केसीलाई सहयोग हस्तान्तरण, ३ गते लियो र रोट्रयाक क्लवबिच मैत्रीपूर्ण फुटसल, ४ गते ३ गते मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते तालिम र ६ गते पुरस्कार बितरण सहति समापनको कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिए ।
Previous Articleअब सूर्तीजन्य पदार्थ बेच्न छुट्टै पसल
Next Article २०७३ चैत २ बुधबारको राशिफल