बागलुङ, १ चैत – स्थानीय तह पुनसंरचना कार्यान्वयन गर्ने अख्तियारी पाए लगत्तै बागलुङको काठेखोला गाउँपालिकाले आफ्नो जिम्मेवारीको काम शुरु गरेको छ ।
काठेखोला गाउँपालिकाको कार्यालय साविकको विहु गाउँ विकास समिति वडान – १ तथा हालको काठेखोला गाउँपालिका वडा नंं- ६ सुल्डाडामा कार्यालय स्थापना गरी कार्य शुभारम्भ गरिएको हो । सुल्डाडामा रहेको इलाका पशु सेवा कार्यालयमा गाउँपालिकाको कार्यालय सञ्चालन गरिएको छ ।
काठेखोला गाउँपालिकाका लागि जिल्ला समन्वय परिषदबाट नियुक्त भएका निमित्त कार्यकारी प्रमुख चूर्णबहादुर कार्कीले पदभार ग्रहण गर्नुका साथै ८ वटै वडाका सचिवहरुलाई काम गर्ने अख्तियारी दिइएको छ ।
वैठकले राजनीतिक दलहरुसंग समन्वय गरी सहज रुपमा गाउँपालिकाको काम सञ्चालनका लागि चैत ३ गते सर्वदलीय वैठक आव्हान गर्ने निर्णय गरेको छ ।
गाउँपालिका सञ्चालन गर्नका लागि बनेका नीति नियम लगायतका विषयमा छलफल गरी सबैसंग समन्वय गरेर गतिविधि सञ्चालन गरिने निमित्त कार्यकारी प्रमुख चूर्णबहादुर कार्कीले बताए ।
वैठकले सिगाना वडा नं -६ र पाला गाविसको वडा नं-१ देखि ५ सम्म मिलाएर बनेको काठेखोला गाउँपालिका वडा न- १ को निर्वाचन केन्द्र पालाको करिनास्थित सरस्वती प्राविलाई राख्ने निर्णय गरिएको वडा नं- ४ का सचिव पहलमान थापाले जानकारी दिए ।
काठेखोला गाँउपालिकाको वडा नंं १ र ८ मा रिता राना, २ मा विष्णुनाथ शर्मा, ३ मा देवकुमार मण्डल, ४ मा पहलमान थापा, ५, ६ र ७ मा मनोज कार्कीलाई वडा सचिवको काम गर्ने जिम्मेवारी दिइएको छ ।
साविकका सिगाना गाविसको वडा नं ६ र पाला गाविसको वडा नंं- १ देखि ५ सम्म काठेखोला गाउँपालिकाको वडा नंं १ मा परेका छन् भने भीमापोखरा वडा नं २, धम्जा ३, तग्राम ४, बिहु गाविसको वडा नं- ५ देखि ९ सम्म ५ र १ देखि ४ सम्म ६ तथा रेश ७ र लेखानी गाविस वडा नंं ८ मा परेका छन् । अव नयाँ सिराबाट कामको सुरु गरिने भएको छ ।
Previous Articleएमालेलाई कालो झन्डा हेर्ने फुर्सद छैन-अध्यक्ष ओली
Next Article अकुत सम्पत्ति आर्जनमा तानिँदै लोकमान