नेपालगञ्ज, १ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कालो झन्डा हेर्ने फुर्सद नभएको बताएका छन्। एमालेको मेची–महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेलाई काला झन्डा हेर्ने फुर्सद छैन, देश निर्माणमा हिँडेको छ, राता झण्डा बोकेर हिँडेको छ।’
पूर्व प्रधानमन्त्री समते रहेका अध्यक्ष ओलीले केही तत्व देशलाई जात, भूगोल र धर्मका नाममा विखण्डन गर्न लागिपरेको आरोप लगाए। ‘एउटा समूह नेपाललाई विखण्डन गर्न लागेको छ’, ओलीले भने, ‘नेपाल कहिल्यै विकासको बाटोमा जान नसकोस्, स्थिरता नहोस् भन्ने उनीहरुको चाहना छ।’
मधेशमा मधेशी दल रहेसम्म समस्या समाधान हुन नसक्ने उनको भनाइ छ। ‘मधेसी दलहरु रहेसम्म मधेसका समस्या समाधान हुँदैनन्’, उनले भने, ‘उनीहरु कति पटक मन्त्री भए, आफूले हारे भने श्रीमतीलाई सासद, मन्त्री बनाउछन्। ’
ओलीले मधेसी नेतालाई युपी बिहार जाऊ नभनेको तर उनीहरु आफैँ जाने गरेको समेत प्रष्ट पारे। उनले भने, ‘केपी ओलीले हामीलाई युपी जाऊ, विहार जाऊ भन्यो भन्छन्, मैले भन्नै पर्दैन, हप्ता १५ दिनमा आफैँ गएकै छन्।’
उनले मधेशी मोर्चा मधेशमा अशान्ति फैलाउने काम गरेको पनि आरोप लगाउदै संविधान बनाउने बेलामा विरोधमा उत्रिएका मधेसी दललाई संविधानबारे जानकारी नै नभएको समेत आरोप लगाएका छन्।
‘संविधान बनाउने बेलामा विरोधमा उत्रिएकालाई के थाहा, संविधान कस्तो छ ?,’ ओलीले भने, ‘हामीविरुद्ध मत हाल्न ०७२ असोज २४ गते कुदेर आएँ, फेरि ०७३ साउन १९ गते कुदेर आएँ, भत्ता खाने बेलामा संविधान मान्ने, मत हाल्ने बेलामा मान्ने, अरु समयमा मान्दिनँ भन्न मिल्छ ?’
उनले नेपाललाई रुवाण्डा बनाउने प्रयास असफल भएको समेत दाबी गरेका छन्। ‘रुवान्डामा नरसंहकार भयो, यहाँ पनि त्यस्तै गर्न खोजिएको थियो तर त्यो प्रयास असफल भयो।’
उनले सप्तरी घटनातर्फ लक्षित गर्दै उनले भने, ‘नेपालले त्यसलाई अस्वीकार गर्यो। त्यही भएर कतिपयलाई छटपटी भएको छ।’ उनले देशका समस्या पहिचान गर्न र तिनको समाधान गर्नका लागि एमाले सक्षम रहेको बताए।
‘राजनीतिमा पक्ष, विपक्ष हुन्छन्, मतभिन्नता हुन्छन्। तर, त्यसैका नाममा आपराधिक बाटो लिने छुट कसैलाई छैन’, ओलीले भने। उनले एमालेमाथि भइरहेको आक्रमणमा लोकतन्त्र माथिको आक्रमण र संविधान माथिको आक्रमण भएको बताए।
एमालेलाई कालो झन्डा हेर्ने फुर्सद छैन-अध्यक्ष ओली
Previous Articleनेपालगञ्जमा उर्लिदो एमाले अभियान (फोटो फिचर)
Next Article काठेखोला गाउँपालिकाको कार्यालय सुल्डाडामा शुरु