बागलुङ, २९ फागुन – नेपाली काग्रेस निकट शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ बागलुङको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मतको प्रयास असफल भए पछि निर्वाचन हुने निश्चित भएको हो । नयाँ नेतृत्वको लागि भवनीप्रसाद कँडेल र उमाकान्त शर्माले मनोनयन दर्ता गरेका छन् । कँडेल वर्तमान सचिव हुन् भने कँडेल सातौँ अधिवेशमा तीन मत अन्तरले पराजित भएका थिए । त्यस्तै एक खुल्ला उपाध्यक्षको लागि भिष्म कँडेल, दिपकराज न्यौपाने र डिल्लीराज आचार्यको मनोनयन परेको छ भने एक महिला उपाध्यक्षको लागि सिता शर्मा र विष्णु मल्ले उमेदवारी दर्ता गरेको निर्वाचन अधिकृत दुर्गादक्त आचायले जानकारी दिए । एक खुल्ला सचिवको लागि लक्ष्मीकान्त आर्याल र हेमराज गैरे एक अर्थसचिवमा इश्वर ठाकुर पौडेलको उमेदवारी परेको छ । एक खुल्ला सहसचिवमा हरिनारायण पौडेलप मदन कार्की र टिकाराम सापकोटाले उमेदवारी दिएका छन् । त्यस्तै, एक अर्थसहसचिव महिलामा निर्मा श्रीस र दुई समावेशी सहसचिवमा कविराज विक र तेजेन्द घर्तीको उम्मेदवारी परेको छ । निर्वाचनबाट अध्यक्ष १, खुल्ला उपाध्यक्ष १, महिला उपाध्यक्ष महिला १, सचिव १, सचिवअर्थ १, सहसचिव महिला १, खुल्ला, सहसचिव १, अर्थ सहसचिव महिला १, सहसचिव समावेशी २, र तीन महिला सहित ७ जना सदस्यको निर्वाचन हुने निर्वाचन अधिकृत आचार्यले जानकारी बताए । आठ बजेसम्म मनोचयनको समय रहेको थियो । अधिवेशनले प्रदेश प्रतिनिधि ६ पुरुष ३ महिला, संघ प्रतिनिधिमा ५ पुरुष ३ महिला निर्वाचित गर्ने छ । अधिवेशनमा २ हजार ६० जना प्रतिनिधि रहेका छन । आइतबार विहान ९ बजेदेखि मतदात सुरु हुने बताइएको छ ।