बागलुङ, २९ फागुन – एलपी ग्याँस बिक्रेता संघ बागलुङको प्रथम अधिवेशन तथा साधारणसभा शनिवार सम्पन्न भएको छ । अधिवेशनले पुनः महेन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सघंको उपाध्यक्षमा गुरुप्रसाद शर्मा, महासचिवमा अगमकुमार पालिखे, सचिव हरिप्रसाद आचार्य, कोषाध्यक्षमा नरिश्वर शर्मा तथा सदस्यहरुमा लालबहादुर केसी, भीमबहादुर खत्री, राजन शर्मा, राजु गौतम, महेन्द्र श्रेष्ठ र गणेश लम्साल चयन भएको ग्याँस बिक्रेता महासघंका केन्द्रिय सदस्य पवनकुमार राजभण्डारीले जानकारी दिए ।
अधिवेशन तथा साधारणसभाको उद्घाटन पछि बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले व्यवसायमा स्वभाविक रुपमा नाफाको अपेक्षा हुने भए पनि व्यवसायिक मर्यादालाई सदैव ख्याल गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य सघंका कार्यवहाक अध्यक्ष युवराज राजभण्डारी, महासचिव दयाराम पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाले सचिव अगमकुमार पालिखेद्धारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरिश्वर पाध्याद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । एलपी ग्याँस बिक्रेता सघंका अध्यक्ष महेन्द्र आचार्यको अध्यक्षता, उपाध्यक्ष राजकपुर श्रेष्ठको स्वागत र सचिव अगमकुमार पालिखेको सञ्चालनमा सम्पन्न भएको थियो ।