तुल्सीराम पाण्डे
धर्म ग्रन्थ अनुसार हिरन्थ कश्यपुका छोरा प्रल्हाद धर्मको पक्षमा र विष्णुभक्त भएको हुदा राक्षसराज हिरष्यकश्यपुले प्रल्हादलाई मार्ने अनेक उपाय गरे कहिले हात्तीले कुल्चाउने कहिले इनारमा फाल्ने कहिले ठूला नदीमा लगेर बगाइदिने कहिले भिरबाट फालिदिने कहिले विष खानासँग मिसाएर खुवाउने गर्दा पनि आफ्नो पुत्रको वध गर्न सकेनन् । यति गर्दा पनि नसकेर सैनिकहरुलाई सिधै तरवारले काट्ने हुकुम दिए । त्यसो गर्दा पनि प्रल्हादले विष्णु भक्तिमा लिन भएको हुदा उनलाई तरवारले काट्न सकेन् । उनी निरास भएका थिए ।
त्यही समयमा उनकी बहिनी होलीका व्रहमाको तपस्या गरी अग्नीबाट सुरक्षित रहने वरदान पाएकी थिइ्न । व्रहमाले आफु सुरक्षित रहन मात्र यो वरदान दिएका थिए । त्यसको प्रतिकको रुपमा एउटा पछ्यौरी पाएकी थिइ्न । जसलाई उनले ओढेपछि आगोभित्र जति समय बसेपनि उनलाई शितलता प्राप्त हुनेकुरा आफ्नो दाजुलाई सुनाइन । यो कुरा सुनेपछि हिरण्डा कश्यपुले प्रल्हादवाट विष्णुभक्ति गरेको र आफु दुखी भएको कुरा सुनाए । त्यस कुलंगारलाई त्यसै बरदान को फाइदा उठाएर मार्ने कुरा गरे ।
त्यो कुरा सुनेपछि होलीका अत्यन्तै खुसी भएर यो त मेरो सौभाग्य हो भनिन् । फागु पूर्णीमा को दिनमा हिरण्य कश्पुको दरवार नजिकै दाउराको अग्लो चुली लगाइयो । त्यहाका प्रजाहरुलाई पनि होलीकाले पाएको बरदान हेरेर आनन्द लिन वोलाइयो ।
दाउराको थुप्रो माथि होलिकाले व्रहमाले दिएको पछ्यौरी ओढेर प्रल्हादलाई काखमा राखेर वसिन् र तलबाट आगो लगाइयो । आगो बढ्दै गयो त्यही समयमा प्रल्हादले भगवान विष्णुको नाम जपिरहे । यो दृश्य व्रहमाले पनि हेरिरहेका हुँदा यो अर्नथ भयो । यो भगवानको भक्तलाई मार्ने हतियार बनाउन दिएको वरदान होइन भन्ने लाग्यो र देवताको आज्ञा अनुसार त्यस समयमा ठूलो वायु चल्यो र होलिकाको शरिरवाट पछ्यौरी उडाएर लग्यो र प्रल्हादको शरिरका वेरियो । होलीका त्यस आगोमा डढेर मरिन र प्रल्हादलाई कुनै नोक्सानी भएन । त्यस समय देखि होलिका दाह मनाउन लागियो ।
पहिले पहिले होली मनाउनेृ चलन त्यति थिएन । केवल पात्रोमा होली पूर्णिमा लेखेको हुन्थ्यो । आधुनिक चलन आए पछि होलिको दिनमा एक अर्कोमा रङ लगाउने र पानीले छेप्ने चलन आयो त्यसको विस्तार ह्ुदै गएको पाइन्छ । त्यस भन्दा पहिले र अचेलपनि पहाडका वनपाखाहरुमा फागुन महिनाभरि घाँस दाउरा गर्ने मानिसहरुले र गाईवस्त्ु चराउने गोठालाहरुले फागु गीत भनेर अश्लिल खालका र यौनजन्य गीतहरुले वनपाखा थर्काइरहेका हुन्छन्
तराईका चारकोशे झाडीहरुमा पनि यस्ता खालका गीत नृत्य र हाउभाउ चलिरहन्छन त्यो शुद्ध मनोरञ्जन र प्रतिस्पर्धात्मक रुपमा मात्र रहन्छ भनेर संस्कृति विद्धले वताएका छन् । यो कुरा पूर्णीमाको दिनमा विशेषरुपले धेरै ठाँउमा मनाइन्छ । पहाडमा यसलाई हुरी पूर्णीमा भनिन्छ भने तराईमा होलि भनिन्छ ।
पहाडमा पूर्णिमाको दिनलाई होली मानिन्छ भने तराइमा अर्को दिन होलि मानेर विदा दिइन्छ । आधुनिक पिच्कारीहरु नआउदासम्म केटाकेटीहरुले बाँसको ढुग्रोमा प्वाल पारेर र अर्को लौरोमा पुराना कपडाले वेरेर पिच्कारी बनाउथे । जसलाई त्यसवेला पचका वा पचेका भनिन्थ्यो । पचकाले एक अर्कोलाई छेप्नु आगोमा बसेका प्रल्हादलाई शितलता दिएको प्रतिक हो भने रङ र अविर दल्नु होलिकाको अथवा अन्यायको हार र प्रल्हाद या सत्य विजयको प्रतिक हो ।