बागलुङ, २८ फागुन – बागलुङ नगरपालिका कार्यालयले प्रदान गर्ने सेवा सुविधाहरु गुणस्तरीय र प्रभावकारी हुनुपर्ने नगरबासिले जोड दिएका छन । बागलुङ नगरपालिका कार्यालयको आयोजना र दिपज्योति यूवा क्वल बागलुङको सहजिकरणमा बानपा ७ कालिमाटीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियले विकास निर्माण देखि कार्यालयले प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित गर्नुपर्ने जोड दिएका हुन ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियले नगरभित्र विकासले फडको मार्न नसकेको खानेपानी व्यवस्थित हुन नसकेको,पहुचवालाको प्रभाव बढेको,योजना छनोट प्राथमिकका आधारमा हुन नसकेको, र कार्यालयले प्रदान गर्ने सेवामा छिटो छरितो एवं प्रभावकारी हुन नसकेको गुनासो व्यक्त गरेका छन् । उनिहरुले आगामी दिनमा सेवामा प्रभावकारी,व्यवस्थित र मर्यादित बनाउदै लैजानुपर्नेमा जोड दिएका छन ।
बानपा ७ कालिमाटीका स्थानियलाई लक्षित गरि गरिएको सार्वजनिक सुनुवाईमा सहभागीले चक्रपथलाई व्यवस्थित गरि सडक नियमित संचानमा चासो देखाउनुपर्ने बताएका छन । उनिहरुले बिद्युत्तका पोल जडान गर्दा स्थानियबाट शुल्क लिने गरेकोको गुनासो व्यक्त गरेका थिए । नगरपालिबाट प्रदान गरिने बिजुलीका पोल जडान गरे बापत बिद्युत्त कार्यालयका कर्मचारीले दुई हजार देखि दुई हजार पाच सय सम्म लिने गरेका छन, स्थानिय लालबहादुर गौतमले, निशुल्क भन्ने गरिपनि रकम उठाउने गरिएको छ । स्थानियले यस बिषयमा सम्बन्धि निकायले चासो देखाउनुपर्ने बताएका छन ।
स्थानियस्तरमा भएको विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि लगाएका प्रत्येक्ष सरोकार रहने बिषयमा सहभागीले जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नको जवाफ दिंदै बागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुबेदीले स्थानियको गुनासो जायज भएकोले आगामी दिनमा थप व्यवस्थित र दिगो बनाउदै लैजाने बताए । कार्यक्रममा नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रमेश ढकालले नगरबासिको मागलाई क्रमश सम्बोधन गर्दै जाने र यसका लागि सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।
उनले सबैको सहयोग र सदभाव भएका बागलुङ नगरपालिका देशको एक नमुनाको रुपमा विकास हुने बताए । सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुको उद्देश्यमाथि योजना तथा प्रशासकिय अधिकृत सुबेदीले प्रष्ट पारेका थिए । बानपा ७ का सचिव हिराबहादुर क्षेत्रीको अध्यक्षता र पत्रकार प्रदिप पन्तको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleहेपटाईटिस ‘ए’ र ‘इ’ः गर्ववती सचेत हुनुपर्छ
Next Article पर्वतका कृषकलाई यान्त्रिक हलो