म्याग्दी, २७ फागुन – बेनी नगरपालीका–१४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको भवनमा आगोलागीले ध्वस्त भएपछि म्याग्दीमा क्रियासिल दुई विद्यार्थी संगठनले स्थानीयबासीसंग सहकार्य गरी अस्थायी टहरा बनाएका छन् । विद्युत सर्ट भएर बुधबार साँझ भएको आगोलागीबाट ८ कोठे दुई तले भवन पूर्णरुपमा जलेर नष्ट भएपछि अनेरास्ववीयु र नेपाल विद्यार्थी संघको टोलीले अस्थाई टहरा बनाउन श्रमदान गरेको विद्यालय ब्यवस्थापन समितिका सदस्य सुमन बानियाँले बताए । उनका अनुसार, तत्काल भवन निर्माणमा आर्थिक अभाव भएकाले नियमित पठनपाठनका लागि आवश्यक अस्थायी टहरामा श्रमदानले सहज भएको बताए । आगलागीबाट भौतिक सामाग्रीहरु जलेर नष्ट हुँदा ९२ लाख रुपैयाँ बराबरको क्षत्ती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कक्षा कोठा, कार्यालय, कम्प्युटर ल्याब र पुस्तकालय रहेको भवनमा आगोलागी भएको थियो । ८ वटा कम्प्युटर, एक थान फोटोकपी मेसीन, एक थान ल्यापटप, फर्नीचर, प्रशासनीक कागजात, पुस्तकालय, अध्यापन सामाग्री लगायतका जिन्सी सामाग्री जलेर नष्ट भएको हो । साँझ सवा ५ बजेदेखि सुरु भएको आगोलागी स्थानीयबासी, नेपाली सेना र प्रहरीको टोलीले राती ८ बजे नियन्त्रणमा लिएको थियो । नजिकै रहेको अर्को चार कोठे भवनलाई आगोलागीबाट क्षत्ती हुनबाट बचाएका छन् । कक्षा ८ सम्मको पठनपाठन हुने सो विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् । भवन परिसरमा रहेको विद्यालयका प्रअ तिर्थ बानियाँको खेतमा त्रिपालको टहरा बनाएर पठनपाठनलाई निरन्तरता दिदैं भवन सहितको साम्रागी जुटाइने छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सदस्य प्रकाश पौडेल र नेविसंघका नेता भरत रकालको टोलीले विद्यालयलाई त्रिपाल उपलब्ध गराउनुका साथै टहरा बनाउन श्रमदान गरेका थिए । यसैगरी अर्थुङ्गे स्थित नेपाली सेनाको श्रीबक्स गुल्मको टोलीले आगोलागीबाट ध्वस्त भएको भवन भत्काउन सहयोग गरेको छ ।
Previous Article२०७३ फागुन २७ गते शुक्रबारको राशिफल
Next Article ऋण काढेर ७ वर्षमा ७ किमी सडक