बागलुङ, २६ फागुन/राष्ट्रिय सुस्त मनःस्थिती कल्याण संस्था नेपाल जिल्ला शाखा बागलुङको १९ औँ साधारण सभा तथा ७ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले खडक बहादुर महतको अध्यक्षता ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष मन माया श्रेष्ठ, सचिव निरज शाक्य, सहसचिव हिरा बहादुर केसी, कोषाध्यक्ष विद्या खडका त्यस्तै सदस्यहरु चन्द्रकान्त पौडेल, धालेन्द्र शर्मा रहेको निर्वतमान अध्यक्ष अगम कुमार पालिखेले जानकारी दिए । अधिवेशनको उद्घाटन पछि बोल्दै समाजसेवी देव बहादुर श्रेष्ठले मानिसको मानसिकता सकरात्मक परिवर्तन गरि संस्थाका संरक्षण तथा व्यवस्थापनमा सम्पूर्णले ध्यान दिनुपर्ने बताए । उनले संस्थाले बौद्धिक अपाङ्ग व्यक्तिहरुको शारीरिक विकास, भातृत्व विकास आपसी मेलमिलापको भावना राखेको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जगदिशचन्द्र उपाध्याय, नेकपा एमाले बागलुङका सचिव लालबहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य थानेश्वर सुवेदी, नेपाल कम्युनिष्ट पार्टीका बावुलाल शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका सचिव विष्णु सापकोटा, संघीय समाजवादी पार्टीका भक्त बहादुर विक, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेत्र ज्योति संघ बागलुङका अध्यक्ष धुव्र बहादुर केसी, राष्ट्रिय सुस्त मनःस्थिती कल्याण संस्था नेपाल जिल्ला शाखा बागलुङका पूर्व अध्यक्ष टिकाराम सापकोटा, संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेस कुमार श्रेष्ठ, निर्वाचन अधिकृत गोविन्द प्रसाद ओझा लगायतले बोलेका थिए । उक्त कार्यक्रममा सुस्त मनःस्थिती कल्याण संस्था नेपाल जिल्ला शाखा बागलुङ विशेष बाल कक्षामा लामो समय देखि अध्यायपन तथा सेवा गर्दै आएकी शिक्षिका भगवती केसी र कोपिला पुनलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव विजयी श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सुस्त मनःस्थिती कल्याण संस्था नेपाल जिल्ला शाखा बागलुङमा २०४३ सालबाट संचालन भएको संस्थामा हाल विद्यालयमा सेवा प्राप्त गर्न नसकेका शिक्षाको पहुँचबाट टाढा भएका ग्रामिण भेगका बौद्धिक अपाङ्ग बालवालिकाहरुलाई लक्षित गरि २३ जनालाई विद्यालयमै निःशुल्क खाना बस्न साथै पोषाक व्यवस्था सहित आवासिय सुविधा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक युक्तजंग राजभण्डारीले जानकारी दिए । सुस्त मनःस्थिती कल्याण संस्था नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष पगम कुमार पालिखेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत सदस्य मन बहादुर श्रेष्ठ र संचालन विद्यालयका प्रधानाध्यापक युक्तजंग राजभण्डारीले गरेका थिए ।