काठमाडौं, २६ फागुन – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटी स्टोक सिटीसँग गोलरहित बराबरीमा रोकियो ।
यो खेल जितेको भए सिटी टोटनह्यामलाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लने थियो । घरेलु मैदानमा भएको खेलमा सिटीले गोल गर्ने केही राम्रा मौका बनाएपनि गोल भने गर्न सकेन ।
सिटीले यसअघि यो सिजनमा घरेलु मैदानमा भएका सबै खेलमा गोल गरेको थियो । बराबरीपछि तेस्रो स्थानको सिटीको २७ खेलबाट ५६ अंक भएको छ ।
समान ५६ अंक नै भएपनि टोटनह्याम गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । सिटी र टोटनह्याम शीर्ष स्थानको चेल्सी भन्दा १० अंकले पछि छन् । २८ खेलबाट ३६ अंकसहित स्टोक सिटी नवौं स्थानमा छ ।
Previous Articleविवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या
Next Article एसएसबीको आतंक – बन्दुक देखाएर घर छाड्न धम्की