बागलुङ, २५ फागुन/नेकपा माओवादी केन्द्र बडिगाड गाउँपालिका अन्तरगत रणसिंहकिटेनी गाउँ विकास समितिको वडा नम्बर–४ र ५ लाई समेटेर टोल ईकाई समिति तथा विभिन्न जनबार्गिय संगठन गठन गरिएको छ । दुबै वडाको संयुक्त भेलाले भिमबहादुर काउचाको अध्यक्षतामा १५ सदस्यीय टोल ईकाई समिति गठन गरेको हो । समितिको उपाध्यक्ष देवानन्द काउचा, सचिव सेरबहादुर घर्ती र सहसचिव काजी काउचा रहेका छन् । अनिल श्रीसको संयोजकत्वमा योङ्ग कम्युनिष्ट लागि वाईसिएल र अनिल विश्वकर्माको संयोजकत्वमा दलित मुक्तिमोर्चा गठन गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा वडिगाड गाउँपालिका ईञ्चार्ज राजिब घिमिरेले प्रश्तावित स्थानिय तहको कार्यान्वयनपछि राज्यको सेवा नागरिकको घरदैलोबाट प्रवाह हुने बताए । उनले माओवादी आन्दोलनले उठाएका संघियता, समानुपातिक समावेशिता जस्ता प्रगतिशिल मुद्धाको कार्यान्वयनमा पनि माओवादीकै अगुवाई चाहिने भन्दै आगामी निर्वाचनमा पार्टिलाई बालियो बनाउने गरि लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा वाईसिएरका जिल्ला सचिवालय सदस्य राजनकुमार पाईजा र अर्का सचिवालय सदस्य मिलन रेश्मी मगरले युवाहरु संगठन निर्माण र पार्टिले गरेका कामको बारेमा स्थानिय नागरिकलाई सचेत बनाउने अभियानमा लाग्न आग्रह गरेका थिए । कार्यक्रम भिमबहादुर काउचाको अध्यक्षता र सेरबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleनारी दिवसमा राष्ट्रपति भण्डारीको सन्देश
Next Article नयाँ शहरको काममा ध्यान देउ