काठमाडौं, २४ फागुन – नेकपा एमालेले सप्तरी घटनाको छानविन गर्न माग गरेको छ। एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव इश्वर पोखरेलले सप्तरी घटनाको राष्ट्रिय मानव अधिकार आयोगलाई छानविन गर्न आग्रह गरे।
महासचिव पोखरेलले सप्तरी घटनाको जिम्मेवारी मधेसी मोर्चाले लिनु पर्ने बताए। मेची- महाकाली अभियान अन्तर्गतको एमाले र्यालीमा मोर्चाले आक्रमण गरेको उनको भनाई छ।
उनले अभियान तीन दिनको लागि स्थगित भएको बताउँदै थप कार्यक्रम पछि सार्वजनिक हुने बताए। सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई फिर्ता बोलाइनु शंकासपद भएको एमालेको भनाई छ।
निर्वाचनलाई विथोल्ने उदेश्य सहित घटना घटाइएको पोखरेलले आरोप लगाए। एमाले नेताहरुको हत्या प्रयास सहित आक्रमण भएको पोखरेलले आरोप लगाए।
Previous Articleराजविराजमा शीर्ष नेतृत्वको सामूहिक हत्याको प्रयास – एमाले
Next Article भयरहित निर्वाचनको वातावरण बनाउनुहोस – उपराष्ट्रपति