कृष्ण प्रसाद शर्मा/प्रत्येक बर्ष जस्तै यो बर्ष पनि फाल्गुण २५ गते अन्तरराष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउँदैछन । दिवस त हामी कुनै पनि मनाउन छुटाउँदैनौ तर दिवसको सन्देश बारे भने उति चासो छैन । राष्ट्रिय नारी दिवस पनि सदरमुकाम भन्दा माथी उक्लन सकेको छैन भने नेतृत्व पनि सदरमुकाममा रही आएका बाटै सिन्डिकेट गरेर उठ्ने उठाउने चलन छ । चाहे राष्ट्रिय होस् चाहे अन्तराष्ट्रिय जुन नारी दिवस भए पनि महिलामुक्ति नै प्रमुख ऐजण्डा हो । महिलालाई किनबेचको बस्तुका हिसावले हेर्ने हाम्रो समाजमा यस्ता दिवसले शहर मात्र ढाक्नु हुन्न । नारी दिवसले बिश्वभरीका नारीको प्रतिनिधित्व गर्छ जहाँ धर्म र संस्कतिका नाममा र समाजले बनाएको घेरालाई तोड्नै पर्छ ।
अहिले लामो समयको अन्तरालमा स्थानीय चुनाव आउँदैछ । यो चुनावमा बर्षौ सम्म थुप्रिएर बसेको उर्जा निकाल्ने समय पनि हो । संविधानले अब महिलालाई उठ्न कुनै बाँधा पनि छैन तर संरचनागतले गर्दा अफ्ठारो देखिए पनि हाल भने स्थानीय तहमा कम्तिमा दुई जना महिला र नगरपालिकामा प्रमुख वा उपप्रमुख कुनै एकमा महिला हुनु पर्ने प्रावधानले गर्दा महिलाको प्रतिनिधित्व अहिले केही हद सम्म सुनिश्चित छ । महिला नेतृत्व सक्षम छ भन्ने कुरा हाम्रा हाल उच्च तहमा रहेका प्रतिनिधि पात्रले पुष्टाई गरिसकेका छन । उनिहरूले नेतृत्व दिएका संस्थाको भुमिका र कार्य प्रगतिले समेत पुष्टि गरेको छ । हामी उच्च तहमा मात्रै होईन गाउँ घरमा रहेका महिलाहरूले समेत घर समाज धानेका छन । स्वास्थ स्वमंसेविका देखी सहकारीमा आवद्धले समेत गाउँमा आफ्नो क्षमता देखाएका छन् ।
संस्कार र धर्मले बन्देज गरेका कतिपय कुराहरूमा अहिले महिलाहरूले नेतृत्व गरेका छन् । पहाडमा हलो जोत्ने महिला देखी लाश काँधमा हालेर घाट पुर्याउने सम्मका काम गरिरहेका छन । बिरामी पर्दा एम्बुलेन्स भनेकै महिलाहरू भएका छन् । अब महिलाले गर्न नसक्ने केही छैन । नेपाली महिला जर्मनकी ऐन्गेला र्मेकल भन्दा कम छैनन । भारतमा बेचिएर फर्केर शक्ति समुह खोलेकी सुतिता दनुवारहरू जस्ताको शक्ति अबको चुनावमा देखिनु पर्छ । महिलाको प्रतिनिधित्व हुनुपर्छ चाहे त्यो जुनकुनै पार्टिबाट किन नहोस् । प्रत्येक गाउँमा नारी प्रतिनिधित्वलाई उच्च मुल्याङकनका साथ हेरिनु पर्छ । अहिले गाउँमा महिला मात्रै छन पुरुष छैनन् भनिन्छ तर महिलाले त्यही जिम्मेवारी समालेर गाउँ समाज घानेका छन है कहिलै भनिदैन । त्यसैले लाखौ युवा बिदेशमा छन गाउँमा बालबालिका, वृद्धबृद्धा छन् तर तिनीहरूको संरक्षण उनिहरूले नै गरेका छन । उम्मेदवार हुन उमेर हदबन्दी आफ्नो ठाउँमा छ त्यसको अलवा उसले निभाएको भुमिकाले पनि काम गर्छ । महिला र दलितलाई अरूले दिए मात्र पाउने खालको अधिकार होईन कि उनिहरू खुला रुपमा लडे पनि जित्नेखालको भुमिकामा छन् तर गनिएको छैन ।
चल सम्पत्तिलाई ठूलो देख्ने आर्थिक संरचना छ त्यसैले बाहिर गएर मासिक दश हजार कमाउने पुरूष घरमा बसेर परिवार समालेकी महिला भन्दा बढ्दा महत्व दिईन्छ । घर व्यवहारको व्यवस्थापनमा माहिर महिलाहरू अब राज्य संचालनको ठाउँमा समेत माहिर छन । देश रेमिटान्सले मात्र होईन की महिलाको घरायसी व्यवस्थापनले समेत चलेको छ । हामी खाडी मुलुक गएर घर पैसा पठाएको पुरुषका कुरा बढी हुन्छ तर त्यही काम गर्ने महिला र मध्यपुर्वमा क्यार गिभार काम गरेका महिलाको योग्दानको खासै चर्चा हुँदैन ।
संविधानले दिएको मातहतमा उठ्ने महिलाको संख्यामा मात्रै होईन थप खुला प्रतिस्पर्धामा समेत उठ्न प्रोत्साहित गर्नु पर्छ । अहिले आसन्न चुनावले ठूलो संख्यामा महिला नेतृत्व आउने निश्चित छ तर अब आउने नेतृत्व कस्ता हुने र आउन खोजेका महिला को को हुन सक्छन अहिले देखी तत्पर हुन आवश्यक छ । अवको चुनाव भनेको संघियतामा आधारीत चुनाव हो त्यसकारण पनि अबको महिला नेतृत्व भनेको केवल वाड हाक्ने खालको मात्र नभई सिङगो प्रदेश हाक्ने ठाउँमा जाने प्रमुख द्वार हो त्यसैले अबको स्थानिय चुनावमा प्रत्येक पार्टि खुला रुपमा आफ्ना महिला प्रतिनिधिलाई उठाउने खालको तयार पारुन । जसले गर्दा अबको महिला नेतृत्वले भावी पिडीमा आउने महिलाहरूको बाटो दरिलो पारोस् ।