काठमाडौं, २४ फागुन – नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले परिक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको छ ।
चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) लाई लक्षित गरी चैतको सुरुदेखि नै आन्तरिक रुपमा विद्युत् व्यवस्थापन गरी परीक्षणको रुपमा देशलाई लोडसेडिङमुक्त बनाउने भएको हो ।
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि यस बर्षको तिहारबाट परीक्षणको रुपमा उनले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने परीक्षण गरेका थिए ।
Previous Articleनेपालीले पत्ता लगाए क्षुद्र ग्रह !
Next Article २३ फागुन २०७३, ढोरपाटन दैनिक