बागलुङ, २३ फागुन – मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । उसले आन्दोलन घोषणा पनि गरेको छ ।
सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएलगतै मधेसी मोर्चाको आकस्मिक बैठक काठमाडौंमा बसेको थियो ।
संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको आकमिस्क बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । भोलि संसद सचिवालयमा लिखित रुपमा नै जानकारी गराउने उसको निर्णय गरेको छ ।
मधेसी मोर्चाले सप्तरी घटनाको विरोधमा भोलि र पर्सि मधेसमा बन्द गर्ने निर्णय समेत गरेको जनाएको छ ।
Previous Articleएमालेको मेची-महाकाली अभियान तीन दिनलाई स्थगित
Next Article राष्ट्रपति र पूर्वराजालाई एउटै मञ्चमा निम्ता