सप्तरी, २३ फागुन – दुई नम्बर प्रदेश अन्तर्गत सप्तरीको ओद्यौगिक क्षेत्रमा एमालेको सभा सकिएको छ। सभामा अध्यक्ष केपी शर्मा ओलीले स्वयम सम्बोधन गरे। यसअघि विहान इनरुवाको सभामा अतिथि बनेर बसेका ओलीले सभामा भने सम्बोधन नै गरे। सम्बोधनका क्रममा उनले सप्तरीबासीको समृद्धि एमालेको चाहना भएको बताए। भने, ‘तपाईहरु विचौलियाहरुको भर नपर्नुहोस्। एमालेले देशलाई उज्यालोतिर लैजादैछ।’
शान्ति र समृद्धिमार्फत् एमालेले मुलुकलाई उज्यालोतिर लैजाने उनले बताए। आफू नेतृत्व सरकारले ल्याएको मधेश केन्द्रीत बजेटको व्याख्या गर्दै भने, ‘गरिब, अल्पसंख्यक र दलितका छोराछोरीलाई उच्च शिक्षासम्म निशुल्क पढ्न पाउने व्यवस्था एमाले सरकारले गरेको छ।’
अव हरेक नागरिकको शिक्षा, स्वास्थ्य, सिंचाईलगायतमा पहुँज एमालेको कारण संभव हुने उनले बताए। उनले देश विकासका लागि अब ढिलो गर्न नहुने बताए। उनले भने,‘समयले नेटो काट्यो। अब पनि देश विकासका लागि ढिलो गर्न हुन्न।’
उनले मुलुकको आर्थिक सम्वृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दावी गरे। उनले कालो झण्डा बोक्न छोडेर रातो सूर्य झण्डा बोक्न मधेसवादी दल छोडेर एमालेमा आउन मोर्चाका कार्यकर्तालाई आग्रह गरे। उनले भने,‘अब तपाईहरुले ढुंगा हान्ने काम छोड्नुस्। कालो झण्डाको साटो सूर्य झण्डा बोक्न एमालेमा आउन म मधेसी मोर्चामा आबद्ध युवाहरुलाइृ आग्रह गर्छु।’
यसअघि सभालाई एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गरेका थिए। कार्यक्रममा बरिष्ठ नेता नेपालले मैथिली भाषामा भाषण गर्दै एमालेलाई मधेस विरोधी भन्नेहरुलाई त्यसको आधार पुष्टि गर्न चेतावनी दिएका थिए। उनले शान्तिपूर्ण सभालाई विबथोल्ने मधेसी मोर्चाको संस्कार राम्रो नभएको बताए।
कार्यक्रममा दुई नम्बर प्रदेशका संयोजक एवं एमाले नेता सत्यनारायण यादवले एमालेले मात्रै मधेसको विकास गर्न सक्ने बताए। उनले मधेसमा एमालेबाहेक अब अन्य कुनै पार्टीको आवश्यकता नरहेको बताए।
यादवले केपी ओली नेतृत्वको सरकारले गरेका जनमुखि कामबाट एमालेले कमाएको लोकप्रियताबाट चुनावमा पराजित हुने डरले मोर्चाले निर्वाचनको विरोध गरिरहेको आरोप लगाए।
छ, सात हजारको हाराहारीमा सहभागी सभालाई मधेशी मोर्चाका कार्यकर्ताले घेराऊ गर्ने प्रयत्न समेत गरेका थिए। यसक्रममा प्रहरीसँग झडप समेत भएको थियो। उक्त क्रममा प्रहरीले केही अश्रुग्याँस प्रहार गरे। ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले मोर्चाका कार्यकर्तालाई सभास्थलसम्म आउन दिएका थिएनन्।
सुनसरीको इनरुवाबाट हिडेको एमाले टोलीमा ६ सय भन्दा बढी गाडीमा एमाले अभियान टोली सप्तरी आइपुगेको थियो। यसपछि एमाले टोली सप्तरीकै कञ्चनपुर गएको छ । त्यहाँ समेत एमालेको सभा हुँदैछ।
सप्तरीमा ओलीको सम्बोधन- विचौलियाहरुको भर नपर्नुहोस्
Previous Articleसभा सकेर एमाले नेताहरु हिँडेपछि झडप, १ को मृत्यु
Next Article खाल्डोमा मोटरसाइकलले उफार्दा नसा च्यापिएला ?