वैद्यनाथ यादव
सप्तरी, २३ फागुन – नेकपा एमालेको मेची महाकाली अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । अरु २०–२२ जना घाइते भएका छन् ।
सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको सभा सकेर एमाले नेताहरु हिँडेपछि झडप भएको थियो । त्यस क्रममा स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । सभास्थल बाहिर मोर्चाका कायर्कर्ताले दिनभरी नै प्रदर्शन गरे पनि प्रहरीले उनीहरुलाई सभास्थलमा प्रवेश गर्न रोकेको थियो ।
तर एमालेको सभा सकिए लगत्तै प्रदर्शन मोर्चाका कार्यकर्ताले प्रहरीलाई नै ढुंगामुढा गरेका थिए । मेची महाकाली अभियानको तेश्रो दिन आज एमाले नेताहरु सुनसरीको इनरुवामा भएको कार्यक्रममा सहभागी भएर राजविराज आइपुगेका थिए । राजविराजमा भएको कार्यक्रमलाई संवोधन गरेपछि एमाले नेताहरुसहितको जुलुश सप्तरीकै कञ्चनपुरतिर लागेको छ । तर राजविराजमा भने प्रदर्शन जारी छ ।
Previous Articleतरकारी खेतीबाटै १७ करोड आम्दानी
Next Article सप्तरीमा ओलीको सम्बोधन- विचौलियाहरुको भर नपर्नुहोस्