काठमाडौं, २३ फागुन – विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपमा केन्याविरुद्ध खेल्न १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ । नेपाल र केन्याबीच मार्च ११ र १३ मा क्रिकेट मैदान कीर्तिपुरमा खेल हुनेछ ।
आईसीसी एसियाका क्रिकेट डेभलपमेन्ट अफिसर बेन्कटपति राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको समितिले १४ खेलाडीको नाम तय गरेको हो ।
अंक तालिकामा केन्या पाँचौं र नेपाल छैटौं स्थानमा छन् । आठ राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष चार टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् । नेपालले वैशाखमा नामिबियासँग खेलेयता घरेलु मैदानमा खेलेको छैन ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु :
१) पारस खड्का (कप्तान)
२) ज्ञानेन्द्र मल्ला
३) शरष भेषावकर
४) शक्ति गौचन
५) बसन्त रेग्मी
६) सोमपाल कामी
७) सागर पुन
८) बिनोद भण्डारी
९) करण केसी
१०) सन्दीप लामिछाने
११) महबुब आलम
१२) आरिफ शेख
१३) सुनिल धमला
१४) दीपेन्द्र सिंह ऐरी
Previous Articleव्यापारी अपहरणमा संलग्न युवतीको हत्या
Next Article वितृष्णा र सम्मोहको साँधमा चुनाव