इटहरी, २३ फागुन – हाइट को सफलतापछि निर्माण घोषणा गरेका अर्जुनकुमारले अब भने ‘फाटेको जुत्ता’ बनाउने पक्का गरेका हुन् । ‘कमेडी जानरामा बनाउन लागेको फिल्मका लागि लिड रोलमा सौगात मल्ल फाइनल भएका छन्,’ निर्माताले भने । उनका अनुसार फिल्ममा सौगातबिना कुनै लक्ष्यको बेकामे आभारा केटाको भूमिकामा देखिँदै छन् ।
सीमा क्षेत्रमा हुने अपहरण र लुटपाटको कथालाई हास्य प्रस्तुतिसहित बनाउन लागिएको फिल्मको निर्देशन निकेश खड्काले गर्ने भएका छन् । कान्तिपुर टेलिभिजनमा आबद्ध निकेशले यसअघि ‘जिन्दगी रक्स’ फिल्मबाट डेब्यु गरेका हुन् ।
निरोज महर्जनको पटकथा लेखन रहेको फिल्ममा सौगातका अलावा प्रियंका कार्की, कामेश्वर चौरसिया, बुद्धि तामाङ, रवीन्द्र झा, रमेशरञ्जन झा, आमिर गौतम, सन्दीप क्षत्री, अरुणा कार्कीलगायतको मुख्य भूमिका रहने बताइएको छ ।
वैशाख १५ देखि छायांकनमा जाने बताइएको फिल्म वीरगन्ज आसपास खिचिने निर्माता अर्जुनकुमारले बताए । निरज कँडेलको छायांकन रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्ने भएका छन् ।
Previous Articleसरकारले सुरक्षाा दिन नसके प्रतिवाद गर्ने एमाले चेतावनी
Next Article व्यापारी अपहरणमा संलग्न युवतीको हत्या