बागलुङ, २२ फागुन – नेकपा एमाले बागलुङ क्षेत्र नम्बर–३ को क्षेत्रीय अधिवेशन शनिबादेखि बुर्तिवाङ बजारमा सुरु भएको छ । अधिवेशन उदघाटन पछि बोल्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य गणेश तिमिल्सीनाले स्थानीय तहको निर्वाचन तत्कालको आवश्यकता भएकाले सरकार संशोधन प्रक्रियामा अल्झीन नहुने बताए । सरकारले जनताको भावना अनुसार निर्धारित समयमै निर्वाचन गर्न तयार रहनुपर्ने बताउँदै तिमिल्सीनाले संविधानको कार्यान्वयन गर्न सरकारलाई प्रतिपक्षले समेत साथ र सहयोग प्रदान गर्ने बताएका थिए । कार्यक्रममा नेकपा एमाले संसदीय दलका सचेतक गोकुल घर्ती, नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य भुपेन्द्र थापा, गोविन्द नेपाली, नेकपा एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, जिल्ला उपसचिव विष्णु भुषाल, शान्ति अधिकारी, प्रेम बलामी लगायतले बोलेका थिए । कार्यक्रम क्षेत्रीय अध्यक्ष कृष्णा भट्टराईको अध्यक्षता, केशर छन्त्यालको स्वागत र ज्ञानप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको प्रचार विभाग प्रमुख धनबहादुर परियारले जानकारी दिनुभयो अधिवेशनले नयाँ कमिटी निर्वाचित गर्नेछ । अहिले बन्द सत्र संचालन भैरहेको बताइएको छ ।
अनेम संघ तित्याङमा खड्का
नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ तित्याङ बागलुङको गाँउ भेला शनिवार सम्पन्न भएको छ । भेलाले बिष्णु खड्का थापाको अध्यक्षतामा २९ सदस्यीय अखिल नेपाल महिला संघ तित्याङ गाउ कमिटिको गठन गरेको छ । कमिटिको उपाध्यक्षमा उमा खड्का, सचिवमा दुर्गा थापा, सह–सचिवमा सरिता बोसेल र कोषाध्यक्षमा सरिता खत्री रहेका छन् । भेलामा बोल्दै नेकपा एमाले ४ नम्वर प्रदेश कमिटिका सदस्य एवं महिला नेतृ गिता शर्माले राज्यको नीति निर्माण तहमा महिलाहरुको नेतृत्व स्थापित गर्न सकेमा मात्र बर्तमान संविधानको कार्यान्वयन र राज्यको सम्मृद्धि हुने बताइन । उनले संविधान कार्यान्वयका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा पनि जोड दिइन । कार्यक्रममा अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष सावित्रा राना, नेकपा एमालेका सचिवालय सदस्य एव स्थानिय निकाय बिभाग प्रमुख गणेश थापा, जिल्ला कमिटिका पूर्व सचिवालय सदस्य प्रेम केसी, गाँउ कमिटिका अध्यक्ष रुद्रबहादुर खड्का र सचिव टिकाराम थापाले मंतव्य व्यक्त गरेका थिए । कार्यक्रम बिष्णु खड्का थापाको अध्यक्षता र सचिव दुर्गा थापाको संचालनमा सम्पन्न भएको थियो । यसैबीच, पार्टी संगठन विस्तार तथा प्रशिक्षण अभियानलाई तीव्र बनाएको नेकपा एमाले जिल्ला कमिटी बागलुङले शनिबार सर्कुवा गाविसमा गाविस भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमाले प्रदेश नम्बर ४ का पर्यटन तथा साँस्कृतिक विभाग सदस्य चक्र थापा र रमेश खत्रीले सहजिकरण गरेका थिए । भेलाले जगविर क्षेत्रीका अध्यक्षतामा १३ सदस्यीय युवा संघ सर्कुवा गठन गरेको छ । भेलाले चैत्र ५ गते हुने क्षेत्रीय अधिवेशनको लागि तिलकप्रसाद शर्मा, मित्र पौडेल, लिला थापा, पहलसिंह नेपाली र टेकबहादुर थापालाई प्रतिनिधिमा चयन गरेको छ । कार्यक्रम लेखबहादुर सुवेदीको अध्यक्षता, इन्द्र क्षत्रीको स्वागत र तारा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleइंग्लिस प्रिमियर लिग लिभरपुलले जित्यो
Next Article २०७३ फागुन २२ गते आईतबारको राशिफल