बागलुङ, २१ फागुन – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा म्याग्दीका उद्योगपति प्रमोद श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । म्याग्दी उद्योग वाणिज्य महासंघमा आयोजित कार्यक्रममा धौलागिरि अञ्चलका चारवटै जिल्लाको सर्मथनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय उद्योग वाणिज्यको गतिविधिमा संलग्न रहेका श्रेष्ठ तीन कार्यकाल केन्द्रिय सदस्यमा खुल्ला तर्फबाट विजय भएका थिए । म्याग्दी उद्योग वाणिज्य संघको पुर्वअध्यक्ष, पुर्वअञ्चल संयोजक, केन्द्रिय सदस्य हुदै महासंघका विभिन्न जिम्मेबारी सम्हाल्दै आएका श्रेष्ठले जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट केन्द्रिय सदस्यमा सबैभन्दा धेरै मत ल्याएर विजय समेत भएका थिए । आगामी चैत्र २८ र २९ गते हुने ५२ औ महाधिवेशनमा उपाध्यक्षको उम्मेदवारी घोषणा संगै चुनावी अभियानमा होमिएका श्रेष्ठले बस्तुगत समुहबाट जिल्ला तथा नगर उवासंघको नेतृत्व गर्ने प्रयास गरिएको भन्दै सक्षम र लामो समयसम्म उद्योगीको हक र हितमा लागेकालाई उपेक्षा गरेकाले उम्मेदवारी घोषणा गरेको बताए । ‘मेरो उम्मेदवारी घोषणामा सघाउने धेरै हुनुहुन्छ । सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको छु’ श्रेष्ठले भने । सोही अवसरमा प्रदेश नंबर ४ बाट खुल्ला सदस्यमा धौलागिरि अञ्चल संयोजक निर्माणकुमार श्रेष्ठ ‘बासु’ले समेत उम्मेदवारीको घोषणा गरेका छन् । १०७ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेको छ । एक जिल्लाबाट एकजना प्रतिनिधिले भोट हाल्ने प्रावधान रहेको छ । पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन कुमार विश्वकर्माले उद्योग वाणिज्य संघमा लोकप्रिय रहेका श्रेष्ठले अत्याधिक मतले विजय प्राप्त गर्ने बताए । सोही अवसरमा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम लामिछाने, बागलुङ उद्योग वाणिज्य संघका जयरा भारी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन म्याग्दी उद्योग वााणिज्य संघका महासचिव राजेश शाक्यले गरेका थिए ।
Previous Article२१ फागुन २०७३, ढोरपाटन दैनिक
Next Article नयाँ शहरको काम सुस्त गतिमा किन ?