पर्वत, २० फागुन – जिल्ला कृषि विकास कार्यालयले तरकारी खेतीलाई वृहत्तर योजनाको रुपमा विकास गराउँदै आगामी केही वर्षभित्र जिल्लालाई आत्मनिर्भर बनाउने अभियान सुरु गरेको हो ।
जिल्लामा ८२० हेक्टर जग्गामा वार्षिक करिब १० हजार टन तरकारी उत्पादन हुँदै आएको छ । वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीका अनुसार, जिल्लाको पाङराङ, नाङलीवाङ, शालिजा, लेकफाँट, बनाँै, बाजुङ, माझफाँट, धाइरिङ, कुश्मा नगरपालिका, लुङखुु लगायतका क्षेत्रमा व्यावसायिक रुपमा तरकारीखेती गरिँदै आएको छ । अन्य जिल्लाबाट गरिने तरकारीको आयात घट्दै गएको छ ।
मुख्य गरी आलु, गोलभेँडा, काउली, बन्दागोभी, गाँजर, मुला र करेलामा जिल्ला आत्मनिर्भर बन्दै गएको छ । यसैबीच, आम्दानीको गतिलो स्रोत बनेको भूइँस्याउ बजार नपाएपछि कृषक चिन्तित बनेका छन् । बिक्री नहुँदा भूइँस्याउ कुहिँदै गएको छ । आलु र कोदोखेतीको ठाउँमा कृषकले विगत पाँच वर्षदेखि भूइँस्याउको व्यावसायिक खेती गर्दै आएका थिए । उत्पादन भए पनि बिक्री हुन नसक्दा कृषक समस्यामा परेका हुन् ।
लेखफाँट, शालिजा, बनौं, क्याङ, देउराली, भुकताङ्लेलगायतका ठाउँमा कृषकले व्यावसायिक रुपमा यसको खेती गर्दै आएका छन् । भूइँस्याउ जेठमा लगाएर माघ महिनामा उत्पादन गर्न सकिन्छ । बजार नपाउँदा कुहिन थालेको लेखफाँटका कृषक कृष्णबहादुर रञ्जितले बताए ।
Previous Articleमाओवादी केन्द्रको तमानमा भेला
Next Article २०७३ फागुन २० गते शुक्रबारको राशिफल