बागलुङ, १९ फागुन/स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धौलागिरी बहुमुखी क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल बिजयी भएको छ ।
त्रिभूवन विश्व विद्यालय अन्र्तगतका अधिकांस आंगिक क्याम्पसमा निर्वाचन स्थगन भएपनि धौलागिरी अञ्चलको एक मात्र आंगिक क्याम्पसमा भने शान्तिपूर्ण निर्वाचन भएको थियो । बुधवार भएको निर्वाचनमा नेपाल विद्यार्थी संघ, राप्रपा र नयाँ शक्तिको लोकतान्त्रिक प्यानलका मनबहादुर थापा (मनिष) सभापतिमा बिजयी भएका छन् । निर्वाचनको म्यान अफ दि इलेक्सन पनि थापानै भए ।
कुल ८ सय ३० मत खसेकोमा थापाले ५ सय २ मत ल्याएर बिजयी भएको प्रमुख निर्वाचन अधिकृत डा. दिनबहादुर थापाले बताए । एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंको अखिल संयुक्त प्यानलका सभापति उमेदवार शेखर खड्काले ३ सय ६ मत पाए । सचिव पदमा नेविसंघका बिष्णुराज पौडेलले ४ सय ५१ मत ल्याएर बिजयी भएका छन्भने अखिल संयुक्तका जीवन शर्माले ३ सय ४६ मत पाएका छन् । त्यस्तै कोषाध्यक्षमा नेविसंघकी सुस्मिता बोहोराले ४ सय ९९ मत ल्याएर बिजयी भइन भने अखिल संयुक्तकी बिमाकुमारी जोल्मीले २ सय ९७ मत ल्याइन् ।
सदस्यहरुमा नेविसंघकी मिना सापकोटाले ४ सय ६५, सन्जु चापागाईले ४ सय ३३, मनोज सापकोटाले ४ सय ७२, बिबेक जिसीले ४ सय ६३ र हरिबहादुर भण्डारीले ४ सय ३१ मत ल्याएर बिजयी भए । पराजित अखिल संयुक्तको तर्फबाट लालबहादुर भण्डारीले ३ सय १३, लालमती रोकाले ३ सय ४, साधना राना मगरले २ सय ७२, सुरेश रेग्मीले ३ सय १२ र थुमा पुर्जा पुनले २ सय ७२ मत पाएका छन् । अनेरास्ववियु पाँचौको तर्फबाट सदस्य उमेदवार नविन थापाले ३१, समाजवादीविद्यार्थी फोरम नेपालका बिशाल परियारले ४४ र अखिल नेपालस्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका ओममाया रोकाले १५ मत पाए ।
त्यस्तै समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले ५ सय मत पाएको छ । अखिल संयुक्तले २ सय ९२ मत पाएको प्रमुख निर्वाचन अधिकृत डा. दिनबहादुर थापाले जानकारी दिए । त्यस्तै दर्ता भएका अन्य संगठनमा अखिल पाँचौले २०, समाजवादी विद्यार्थी फोरमले ९ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको एक मत पनि परेन । मत मध्ये ३ मत खाली र ६ मत बदर भएको थियो । समानुपातिक मतको आधारमा संगठनले पेश गरेको बन्द सूचिबाट सदस्यहरु मनोनित हुने प्रावधान छ । सभापति निर्वाचित थापाले संक्षिप्त भनाई राख्दै क्याम्पस भित्र विद्यार्थीको हकहितका लागि लड्ने सबै विद्यार्थीको नेतृत्व गर्ने बताए ।
यसै बीच गलकोट बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा नेपाल विद्यार्थी संघका सभापति सहितका सबै पदमा निर्वाचित भएका छन् । कुल १ सय २९ मत खसेकोमा सभापति पदमा नेविसंघका गुमानसिंह भण्डारीले ७३ मत ल्याएर बिजयी भए । निकटतम प्रतिद्वन्दी अखिल संयुक्त प्यानलकी सरिता खत्रीले ५५ मत ल्याईन् ।
सचिवमा संघकी जमुना पुनले ६६ र कोषाध्यक्षमा पनि संघकै नविना चालिसेले ७० मत ल्याएर निर्वाचित भएका हुन् । सदस्यहरुमा पनि संघकै प्यानलबाट दिपा गौतम, खिमा गौतम, कमल दर्जी र मधु खत्री बिजयी भए । संयुक्त तर्फ एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंको संयुक्त प्यानल बनेको थियो । घोषणा पछि नेविसंघका विद्यार्थीहरुले गलकोट बजारमा बिजय ¥याली निकालेका थिए । साथै बिजयी भएका भण्डारीले विद्यार्थीको हक हितमा काम गर्ने बताए । साथै उनले क्याम्पसको सुधार तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने बिषयमा आवाज उठाउने पनि बताए ।
म्याग्दी क्याम्पसमा केसी विजयी
म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियूकी सावित्री केसीको प्यानल विजय भएको छ । केसीले २०४ मत ल्याएर विजयी भएकी हुन् । दिउँसो ४ बजेपछि सुरु भएको मतगणाना राती सम्पन्न भएको थियो । मतपरिणाम अनुसार सचिवमा दल बहादुर रोका, कोषाध्यक्षमा दिनेश सुबेदी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रश्मी रोका मगर, सृजना घर्तीमगर, भावना क्षेत्री, सुष्मा खत्री, कर्ण बहादुर मल्ल, स्वस्तिका नेपाली विजय भएको निर्वाचन अधिकृत रेखाकौशल रेग्मीले जानकारी दिईन् । सभापतिका उम्मेदवार नेविसंघका हरिकृष्ण आचार्यले १२१ र अखिल क्रान्तिकारीका सुदिन पौडेलले ८७ मत प्राप्त गरेका छन् ।
समानुपातिक तर्फ अनेरास्ववियू २ सय ३१, नेविसंघ १४३, अखिल क्रान्तिकारी ५० र विप्लव माओवादीको क्रान्तिकारी ८ मत प्राप्त गरेको छ । ४७७ जना मतदातामा ४३५ खसेको थियो । म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्यक्ष निर्वाचीत हुने अध्यक्ष, सचिव, कोषाध्यक्ष र ६ जना सदस्य पदका लागि २९ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका थिए ।
उपाध्यक्ष, सहसचिव र विद्यार्थी संख्याको आधारमा सदस्य पदमा विद्यार्थी संगठनले पाउने मतको आधारमा मनोनीत हुने व्यवस्था छ । यसैबीच नवनिर्वाचित स्ववियू सभापति केसीले सञ्चारकर्मीसंग कुरा गर्दै विद्यार्थीको हकहितका लागि काम गर्ने योजनाहरुलाई कार्यान्वयन गर्ने प्रतिक्रिया दिएकी छन् । उनले विद्यार्थीमा अनेरास्ववियूको लोकप्रियतालाई कायम राख्ने बताउँदै निर्वाचनमा सहभागि सबैको भावनलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता समेत जनाईन् । समानुपातिक मतका आधारमा अनेरास्ववियूले ३, नेपाल विद्यार्थी संघले २ र अखिल क्रान्तिकारीले १ सदस्य प्राप्त गरेका छन् । यसैबीच, पश्चिम म्याग्दीको बाबियाचौर स्थित मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा अनेरास्ववियुबाट अनिषा भट्टराईको प्यानल विजय भएको छ ।