बागलुङ, १८ फागुन – भीमसेन क्याम्पस बिहुँ बागलुङको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउने उदेश्यले आयोजित महायज्ञमा मंगलबारसम्म १ करोड २६ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ । फागुन २१ गतेसम्म भीमसेन उच्च मावि बिहुँ–१ बागलुङमा सञ्चालन हुने धौलागिरि बागलुङ भीमसेन शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद्भागवत धनधाञ्चल ज्ञान महायज्ञको चौथो दिनसम्म उक्त रकम संकलन भएको कोषाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए । चौथो दिन भीमापोखरा निवासी समाजसेवी होमबहादुर हमालको परिवारले बुवा नारायणदत्त उपाध्यायको नाममा ५ लाख ५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको छ । यस्तै महायज्ञमार्फत भीमसेन उच्च मावि र भीमसेन क्याम्पसको प्रवद्र्धनका लागि भीमापोखरा–१ दपासा निवासी नन्दलाल निउरेले २ लाख २ हजार १ सय १, बिहुँ–१ का टिकाराम कंडेलले १ लाख ५१ हजार ५ सय ५१, बिहुँ–१ दोविल्ला निवासी राजबिर कुँवरले १ लाख २५ हजार ५ सय २५ रुपैया आर्थिक सहयोग गरेका छन् । यस्तै बिहुँ–१ का देवीप्रसाद कंडेलले १ लाख २१ हजार १ सय २१, सोही स्थानका कलाधर कंडेलले १ लाख १२ हजार १ सय २५, सिगाना–६ चनौटेका कृष्ण थापाले १ लाख ११ हजार १ सय ११, बिहुँ–१ का भवानी कंडेलले १ लाख ११ हजार १ सय ११, सोही स्थानका रविलाल कंडेलले १ लाख ११ हजार १ सय ११, सोही स्थानका शशिधर कंडेलले १ लाख ११ हजार १ सय ११, बिहुँ–२ का लोकनाथ कंडेलले १ लाख ११ हजार १ सय ११, बिहुँ– ४ का मनिकर्ण कंडेलले १ लाख १ हजार १ सय ११, बिहँु–६ घर भई हाल काठमाडौं निवासी पद्मनाथ सापकोटाले १ लाख १ हजार १ सय ११, बिहुँ–१ का लोकनाथ कंडेलले १ लाख १ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । शैक्षिक संस्थाको संस्थागत विकास गर्ने पवित्र उदेश्यले आयोजना गरेको महायज्ञमा दान गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको महायज्ञ मुल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष भीमबहादुर खड्काले बताए । पण्डित कमलनयन गौतमले सांगितिक कथावाचन गरेको कार्यक्रममार्फत ३ करोडभन्दा बढी आर्थिक संकलन गर्ने लक्ष्य लिएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । समितिले शिक्षाको विकासका लागि सबैलाई सहयोग गर्न अपिल गरेको छ ।
पञ्चकोटमा दुई करोड संकलन
बागलुङको मालिकास्थित पञ्चकोटलाई धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना अनुसार आयोजित पञ्चकोट विराट ज्ञान महायज्ञ सम्पन्न भएको छ । बागदानसहित २ करोड ३० लाख रुपैया संकलन भएको छ महायज्ञ अवधिभर साढे ४ सय संस्थापक सदस्यहरु भइसक्नुभएको महायज्ञ मूल आयोजक समितिका प्रतिनिधी अध्यक्ष नगेन्द्र शर्माले बताए । पञ्चकोटमा निर्माणाधिन योजनालाई पुरा गर्नका लागि आवश्यक रकम जुटाउन तेश्रो महायज्ञ सञ्चालन गरिएको हो । स्वामी कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न लागिएको महायज्ञ आयोजना गरिएको हो । पञ्चकोटमा १ सय ८ फिट अग्लो विश्वशान्ति कलश, ५ हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघन्ट, कलात्मक मठ, मन्दिर, मूर्ति, आश्रम, गौशलालगायतका संरचना निर्माण गरिनेछ । हालसम्म रु. नौ करोड लगानी भइसकेको विश्वशान्ति सर्वसिद्विधाम पञ्चकोटले जनाएको छ । गरुढशीला, गङ्गामाताको मन्दिर, सत्सङ्ग भवन, अतिथि गृह, हनुमानको मुर्ति ,गौशला निर्माण भइसकेको सर्वसद्विधामका प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्माले जानकारी दिए । आगामी पाँच वर्ष्भित्रै पूर्वाधार सम्पन्न गर्ने लक्ष्य लिइएको सर्वसिद्विधामका महासचिव वसन्तकुमार श्रेष्ठले बताए । सर्वसिद्विधामको निर्माणले मुक्तिनाथ क्षेत्र, शालिग्राम, पवित्र कालीगण्डकी तथा यससँग जोडिएका धर्म, संस्कृति र सभ्यताको संरक्षण हुने अपेक्षा गरिएको छ ।