बागलुङमा यस वर्ष २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा २० करोड बराबरको सुन्तला उत्पादन भएको हो । कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ । गतवर्षको तुलनामा यस वर्ष समग्र बागलुङभर ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ । कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले २० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिनुभयो । “गतवर्षको तुलनामा बागलुङमा सुन्तला…
Author: Amrit Baskune
नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको १०औं जिल्ला अधिवेशनका लागि वडाबाट प्रतिनिधि सुरू भएको छ । आगामी माघ १२ र १३ गते सदरमुकाम बेनीमा हुने जिल्ला कमिटीको नयाँ नेतृत्व चयनका लागी शनिबार वडास्तरमा शनिबार प्रतिनिधि छनौट सुरु भएको हो । अधिवेशनमा वडागत, जनसङ्गठन, जिल्ला कमिटीका पदाधिकारी र सदस्यसहित ४ सय १९ जना प्रतिनिधिहरुले सहभागिता जनाउने बताउंदै म्याग्दीमा एमालेका ३ हजार ४ सयजना पार्टी सदस्यहरु रहेको छ । अधिवेशनमा अन्य क्षेत्रबाट २०, महिला १५ र दलित १० जना पार्टी सदस्य अर्थात् सङ्गठित सदस्यहरु बराबर एकजना प्रतिनिधि छनोट हुने एमालेको विधानमा व्यवस्था रहेको छ । यसैगरी आवश्यकता अनुसार ५ प्रतिशत अर्थात् १२ जना…
अमृत बास्कुने म्याग्दी जिल्लामा हुने अधिकांश फुटबल प्रतियोगितामा अम्पायरको भुमिकामा जिल्लाकै युवाहरु देखिने गरेका छन् । गत मंसिरमा सकिएको जिल्ला स्तरीय अन्तर माध्यामिक विद्यालय स्तरीय फुटबल प्रतियोगितामा सिद्धान्त शाक्यको नेतृत्वमा ७ जनाको टोलीले चार दिन सम्म चलेको प्रतियोगिता सम्पन्न गर्नुभएको थियो । त्यस लगत्तै भएको कालीपुल युनाइटेड कपमा पनि आशिष भुजेललगायत ७ जनाको टोलीले खेलमा निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । आफ्नो खेल समयमा राम्रो खेल्ने खेलाडीहरुले अहिले नयाँ खेलाडीको खेल हुँदै गर्दा अफिसियलको भुमिका निर्वाह गर्नु आफैमा पनि पुस्तान्तरणको राम्रो उदाहरण रहेको बताउनुहुन्छ एन्फा म्याग्दीका अध्यक्ष कुमार बानियाँ । अफिसियलहरु बाहिर जिल्लाबाट मगाउँदा समय अनि पैसा पनि बढी खर्च…
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा स्मृती कार्यक्रम गरेको छ । राप्रपा म्याग्दीको आयोजनामा पार्टी कार्यालयमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामबहादुर शाहीले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्नुभएको थियो । राष्ट्र निर्माता भनेर भन्नुको अर्थ नै हामी अहिले नेपाली भनेर शिर उचो गरेर हिड्न पाउनुलाइ सम्झनु पर्ने बताउनुभएको थियो । बेनी नगरपालिकाकी पूर्व उपप्रमुख शञ्जु बरुवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राप्रपाका सचिवले गर्नुभएको थियो । कार्यक्रममा पृथ्वीनारायण शाहको तस्बीरमा मल्यार्पण गर्दै पृथ्वीनारायणको योगदानका बारेमा अन्तरक्रिया समेत गरिएको थियो ।
महिलाहरु राजनैतिक नेतृत्वमा आउन सकेको खण्डमा मात्रै देशको कायापलट हुन सक्ने अखिल नेपाल महिला संघ गण्डकी प्रदेश सचिव खरमायाँ बिटालुले बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट महिलाहरुको संगठन अनेमसंघको बेनी नगरपालिका ६ को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै बिटालुले महिलाहरुले राजनैतिक तथा अन्य सामाजिक संघसंस्थाको पनि नेतृत्व लिएको खण्डमा दिगो बिकास र परिवर्तन गर्न सकिने उहाँको भनाई थियो । ६ नम्बर वडामा रहेका १८ वटा टोलहरुमा टोल कमिटी गठन पछि भएको वडा भेला तथा अन्तरक्रिया एवम् बनभोजमा सहभागी भएका महिलाहरुलाई सम्बोधन गर्दै उहाँले हरेक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले राज्यले स्थानीय तहको प्रमुख…
म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुुुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो । ४८ करोड १२ लाख ९४ हजार रुपैयाँको संसोधित बजेट पारित भएको गाउँकार्यपालिकाका प्रवत्ता देवेन्द्र रोकाले बताए । विभिन्न ४२ वटा योजना तथा कार्यक्रमका लागि थप चार करोड २३ लाख ४० हजार रुपैयाँ बजेट बिनियोजन भएको हो । जेष्ठ नागरिक र अपाङ्गता भएका विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच…
म्याग्दीको बेनी नगरपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी नगरपालिका क्षेत्रमा कार्यरत कर्मचारी तथा शिक्षकलाई सम्मान गरेको छ । बेनी नगरपालिकाको १४औं नगर अधिवेशनको अवसर पारेर नगरपालिका अन्तर्गत कार्यरत उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा नगरपालिकाको प्रशासन सेवातर्फ उत्कृष्ट कर्मचारीहरु सहायक पाँचौंद्वय लक्ष्मण पौडेल र बेनपा–९, घतानका वडा सचिव कृष्णबहादुर बानियाँ, प्राविधिकतर्फ बेनपा–६, अर्थुङ्गे वडामा कार्यरत असिस्टेन्ट सव–इन्जिनियर मिनबहादुर खत्री र स्वास्थ्य सेवातर्फ ज्यामरुककोट स्वास्थ्यचौकीका अनमी करुणा थापामगर रहेको बेनी नगरपालिकाले जनाएको छ । यसैगरी सामुदायिक विद्यालयतर्फ पौलस्त्य माध्यमिक विद्यालय भिरमुनीका सहायक प्रधानाध्यापक शिव ‘सस्मित’, सरस्वती आधारभूत विद्यालय बगरफाँटका शिक्षक घनदेवी घर्ती, गएको शैक्षिक सत्रमा…
म्याग्दीको बेनी नगरपालिकाले १४ औं नगर अधिवेशनबाट एक करोड ६० लाख भन्दा बढी बजेट थप गर्दै बार्षिक बजेट संसोधन गरेको छ । बिहीबार भएको नगरपालिकाको १४ औं अधिवेशनले आर्थिक वर्ष २०८०÷०८१ को लागि गत असार १० गते भएको नगरसभाबाट पारित भएको बजेट संसोधन सहित पारीत गरेको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो । नगरसभाले २७ वटा नयाँ योजनाहरु थप गरेको छ भने ३७ वटा योजनाहरुको बजेट संसोधन गरेको छ । नगरसभामा उपप्रमुख ज्योति लामिछानेले चालु आर्थिक वर्षको कुल बजेटमा चालु तर्फ २१ करोड ५० लाख ९७ हजार रुपियाँ खर्च भएको र पुजिगत तर्फ तीन करोड ५० लाख ८३ हजार तीन…
म्याग्दीमा सञ्चालित तीन वटा फरक क्षमता श्रोत कक्षा मध्ये धौलागिरी माध्यामिक विद्यालय सिंगामा रहेको बहिरा श्रोत कक्षामा अध्ययनरत बालबालिकाहरुलाई चिसोबाट जोगिनका लागि न्यानो कपडा बितरण गरिएको छ । म्याग्दीमा बेनी नगरपालिका–५ चुत्रेनीमा बौद्धिक अपाङ्गता श्रोत कक्षा, रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयमा दृष्टिबिहीन श्रोत कक्षा र बेनी नगरपालिका–४, सिंगामा बहिरा श्रोत कक्षा सञ्चालनमा रहेको छ । सिंगामा रहेको श्रोत कक्षाका लागि लायन्स क्लब अफ बेनी लभ्लिहिलले न्यानो कपडा वितरण गरेको छ । धवलागिरि माध्यमिक विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीलाई १४ हजार रुपैंया पर्ने कपडाहरु बितरण गरेको हो । विद्यालयको बहिरा श्रोत कक्षामा अध्ययनरत १४ जना विद्यार्थीलाई १४ वटा ब्लाङ्केट वितरण गरिएको…
बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेको सजाय आज तोकिँदै छ । काठमाडौँ जिल्ला अदालतले आज उनीमाथि सजाय तोक्ने अदालत स्राेतले जनाएकाे हो । यसअघि पुस १३ गते अदालतले उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ । गोरखापत्र अनलाइनबाट