Author: Amrit Baskune

बाबियाचौर, ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले रु. दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ । गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु. दुई करोड १० लाख ९२ हजार बजेट रकमान्तर र शिर्षकान्तर गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको ११ वटा प्रस्तावहरु पारित भएको छ । लेखा समितिको प्रतिवेदन, बेरुजु फस्यौट र आर्थिक वर्ष २०८०÷०८१ को हालसम्मको आय व्यय अनुमोदन भएको छ । सभाले कुहुँ गाउँभित्रको मुख्य सडक स्तरोन्नतिका लागि रु. पचास लाख…

Read More

महिलाले वेद पढ्न हुन्छ कि हुँदैन ? यो प्रश्न लामो समयदेखि नेपालमा विवादित बन्दै आएको थियो । महिलाको वेदमा अधिकार छैन भन्नेतर्फ पनि उत्तिकै सशक्त तर्कहरू प्रस्तुत हुँदै आएका थिए भने प्राचीन कालका अनेकौं ऋषिकाहरूलाई उदाहरणस्वरूप अघि सारेर वेद अध्ययनका लागि पुरुष र महिलाका बीचमा हाम्रा शास्त्रहरूले कुनै विभेद नगरेको पनि बताइँदै आइएको थियो । लिंगविभेदी शास्त्र र महिलामाथि घोर अन्याय गर्ने संस्कृतका ग्रन्थहरू भनेर आरोप लगाउनेहरूका लागि अहिले आएर केही मनिषिहरूले कन्याहरूलाई नै वैदिक ज्ञान प्रदान गर्न भनेर कन्या गुरुकुलको स्थापना गरी यो प्रश्नको चोटिलो जवाफ प्रस्तुत गरेका छन् । नेपालमा मात्र नभई भारतीय उपमहाद्वीपमै आधुनिक शिक्षा पद्धतिको लहर…

Read More

-सिर्जना पन्त साढे २ दशक पहिला साविक धौलागिरी अञ्चलका तीन जिल्लामा सहकारीको बारेमा निकै चर्चा हुने गर्दथ्यो । सिन्धुपाल्चोक घर बताउँने दावा दोर्जे लामाले बागलुङ, पर्वत र म्याग्दीमा सहकारी सञ्चालनमा ल्याएका थिए । दावा दोर्जेले स्थानीय व्यापारी लगायत विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई प्रभावमा पारेर सहकारी सञ्चालन गरेपछि धेरैले सहकारीको बारेमा चर्चा गर्ने गरेको पाइन्थ्यो । २०५५÷५६ साल तिर यो क्षेत्रमा खासै धेरै सहकारी थिएनन् । माछापुच्छे सहकारी संस्थाको नामबाट दोर्जेले सञ्चालन गरेको सहकारीमा बागलुङका तत्कालिन उद्योगी व्यवसायीले बचत गरेका थिए । दोर्जेले सञ्चालन गरेको सहकारीमा बागलुङका व्यवसायी पनि सञ्चालक थिए, तर सहकारीमा नीति, भूमिका र निर्देशन दोर्जेको मात्र चल्थ्यो…

Read More

अमृत बास्कुने पछिल्लो समय म्याग्दी जिल्ला भित्र क्रिकेटको क्रेज बढ्दै जान थालेको छ । जिल्ला क्रिकेट संघ म्याग्दीको अगुवाइमा हरेक हप्ता हुने क्रिकेट खेलका कारणले गर्दा पनि नयाँ खेलाडीहरुको समेत क्रेज बढ्न थालेको हो । बेनी नगरपालिका–१ रत्नेचौर तथा बेनी नगरपालिका–५ चुत्रेनीमा हरेक हप्ता युवाहरुले क्रिकेट खेल्ने गरेका छन् । जिल्ला क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलको अगुवाइमा सुरु भएको क्रिकेट खेलाइले अहिले निकै अगाडी बढेको छ । हाल बेनी बजारको खुल्ला मञ्चमा खेलाडीहरुकै अग्रसरतामा निर्माण भएको अभ्यास नेटमा अहिले नयाँ तथा पुराना खेलाडीहरुले अभ्यासगर्ने गरेका छन् । क्रिकेट खेल्नका लागि शनिबार चुत्रेनी पुगेका खेलाडीहरु संगै खेल्न स्थानीय वालबालिकाहरु पनि…

Read More

काठमाडौं । दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । अमेरिका निवासी पुरुषोत्तम ढकालले दिएको जानकारी अनुसार प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा शव भेट्टाएको हो । उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए । उनी चढेको कार पनि जलेको छ । कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ । मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएको ढकालले बताए । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उनको भनाइ छ । मैनालीले फेसबुकमा लामो स्टाटस…

Read More

कन्याहरुको अध्ययनलाइ दिगो बनाउनका लागि गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापना गर्नकालागि फागुन १ गतेदेखि काठमाडौंको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा हुने सप्ताह ज्ञान महायज्ञको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने जानकारी दिएको थियो । गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले श्रीमद् भागवत महापुराण गर्न लागेको महायज्ञ मुल समारोह समितिका संयोजक डा. गोविन्द टण्डनले जानकारी दिनुभयो । समाजसेवी भगवती उपाध्यायद्वारा विसं २०५२ देखि चितवनको देवघाटधाममा सञ्चालन गरेको श्रीरामजानकी वेदविद्याश्रम र प्रतिष्ठित विदुषी स्वर्गीय अङ्गुरबाबा जोशीको…

Read More

पछिल्लो समय म्याग्दी जिल्ला भित्र क्रिकेटको क्रेज बढ्दै जान थालेको छ । जिल्ला क्रिकेट संघ म्याग्दीको अगुवाइमा हरेक हप्ता हुने क्रिकेट खेलका कारणले गर्दा पनि नयाँ खेलाडीहरुको समेत क्रेज बढ्न थालेको हो । बेनी नगरपालिका–१ रत्नेचौर तथा बेनी नगरपालिका–५ चुत्रेनीमा हरेक हप्ता युवाहरुले क्रिकेट खेल्ने गरेका छन् । जिल्ला क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलको अगुवाइमा सुरु भएको क्रिकेट खेलाइले अहिले निकै अगाडी बढेको छ । हाल बेनी बजारको खुल्ला मञ्चमा खेलाडीहरुकै अग्रसरतामा निर्माण भएको अभ्यास नेटमा अहिले नयाँ तथा पुराना खेलाडीहरुले अभ्यासगर्ने गरेका छन् । क्रिकेट खेल्नका लागि शनिबार चुत्रेनी पुगेका खेलाडीहरु संगै खेल्न स्थानीय वालबालिकाहरु पनि मैदान सम्म…

Read More

अमृत बास्कुने नेकपा एमाले जिल्ला म्याग्दीले सामाजिक सञ्जालको प्रयोगमा बढ्दै गएको दुरुपयोग विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने भएको छ । माघ दोस्रो साता सम्पन्न नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको पहिलो पूर्ण बैठकले सामाजिक सञ्जालको प्रयोगमा हुने दुरुपयोग विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेकोछ । वैठकका निर्णय सार्वजनिक गर्न शनिवार आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका बालकृष्ण सुवेदीले सामाजिक सञ्जालमा पार्टी कामलाई व्यवस्थित ढंगले परिचालन गर्न, पार्टी समर्थक, नेता कार्यकर्ताहरुबाट हुन सक्ने सञ्जालको दुरुपयोगलाई रोक्नका लागि सचेतना अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको हो । पार्टी काम र नेता तथा कार्यकर्ताबाट शुरुआत गर्ने हो, यसले समग्र…

Read More

श्री गार्गी कन्या गुरुकुल संचालन सहयोगार्थ गार्गी गुरुकुल प्रतिष्ठानद्धारा संचालन हुन लागेको श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ २०८० को आयोजक समितिको छलफलमा नै ३५ लाख सहयोग नगद रकम उठेको छ । सो कार्यक्रममा हालसम्म यज्ञ अगावै रकम सहयोग गर्ने दाताहरुको नामावली पनि वाचन गरिएको थियो । यज्ञका लागि रकम सहयोग गर्नेहरुमा विजया गोयल १० लाख, भगवती उपाध्याय ५ लाख, रिलायबल नेपाल लाईफ ईन्सोरेन्स बाट रु ५ लाख, शिखर इन्स्योरेन्स रु ३ लाख, सन नेपाल लाईफ ईन्स्योरेन्स २ लाख, लक्ष्मी.बैक बाट २ लाख, समाजसेवी महेश कुमार पोद्दार १ लाख १ हजार १ सय ११, शुशिला कोईराला १ लाख, साश्वत ढुंगेल र सोनाली काफ्ले…

Read More

अमृत बास्कुने जिल्ला समन्वय समितिले आगामी जिल्ला सभा मार्फात योजना व्याङ्क निर्माण गर्ने भएको छ । जिल्ला समन्वय समिति म्याग्दीमा बिहीबार भएको स्थानियतह र प्रदेश मातहतका कार्यालय प्रमुखहरुको समन्वय बैठकले उक्त निर्णय गरेको हो । जिल्ला भित्र पर्ने योजनाहरुमा डुप्लिकेसन हुने तथा अन्य केही समस्याहरु देखिएकोले जिल्ला समन्वय समितिका प्रमुखले जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालय प्रमुख एवम् स्थानिय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत सम्मिलित बैठक आह्वान गर्नु भएको थियो । उक्त बैठकले स्थानिय तहहरुको सिफारिसमा जिल्ला सभा मार्फत योजना ब्यांक निर्माण गर्ने र आगामी आर्थिक वर्षमा उक्त योजना व्यांक मध्येबाट योजना छनौट गर्न प्रदेश सरकारलाई सिफारिस…

Read More