Author: Amrit Baskune

म्याग्दी सदरमुकाम बेनी सँगै जोडिएर रहेको पर्वत जिल्लाको जलजला गाउँपालिका–३ पर्वत बेनीमा रहेको नव उत्साही समुहले आउँदो चैत्र २७ गतेदेखि साविकको धौलागिरी अञ्चल स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नव उत्साही समूहले पाँचौ उत्साही कप नाइन ए साइड फुलबल प्रतियोगिता म्याग्दी बेनीको खुल्लामञ्चमा आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । नव उत्साही समूहका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठ तथा पूर्व सदस्य मनोज श्रेष्ठकी माता लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । गएको साउन ६ गते निधन भएकी श्रेष्ठको स्मृतीमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताको पहिलो पुरस्कार राशी पनि निवर्तमान…

Read More

हिमालपारीको जिल्ला मुस्ताङको घरभझोङ गाउँपालिकाको मार्फामा रहेको शीतोषण बागवानी विकास केन्द्र पछिल्लो समय तरकारी तथा फलफूलको अबलोकन तथा अभ्यासका लागि पनि निकै महत्वपूर्ण सावित हुदै गएको छ । शीतोष्ण हावापानीमा हुने फलफूल तथा तरकारी बालीको तालिम तथा विउ तथा बिरुवा उत्पादनकालागि पनि मार्फा धेरैको लागि चासो अनि गन्तव्य बन्न थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङ्गले पनि मार्फामा तीन दिने तालिम सकेको छ । लमजुङले आयोजना गरेको तालिममा विभिन्न १५ जिल्लाका १६ जना कृषकहरुको सहभागिता रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई लमजुङको आयोजनामा आयोजित परियोजना अन्तर्गतका अधिकृत÷सहायकस्तर कर्मचारीहरुलाई स्याउ तथा ओखरको उन्नत…

Read More

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मुक्तिनाथ शाखा प्रबन्धकले आफ्नो छोरीको विवाहको दिनमा बिमा पोलिसि उपहार प्रदान गर्नुभएको छ । बागलुङ नगरपालिका रामरेखा घर भै मुक्तिनाथ शाखाका प्रबन्धक रहुन भएका उमाकान्त पौडेलले आफ्नी छोरी आस्था शर्मा पौडेल र ज्वाइँ डा.गोविन्द पोखरेलको विवाहको दिनमा छोरी र ज्वाइँलाइ बिमा पोलिसि उपहार प्रदान गर्नुभएको हो । जीवन सुरक्षाका लागि बिमा गर्ने कार्य उत्कृष्ट कार्य भएकोले पनि छोरिको विवाहको क्रममा बिमा पोलिसि हस्तान्तरण गरेको उहाँको भनाई छ । नेपालमा रहेका जीवन विमा प्रदायक कम्पनिहरु मध्ये ३६ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले मानव जीवनमा हुन सक्ने विभिन्न जोखिमहरुलाई कभरेज गर्ने स्कीमहरु रहेको…

Read More

म्याग्दीमा सञ्चालन भएको दादुरारुवेला खोप अभियानको क्रममा नियमित खोप लगाउन छुटेका ५ जना बालबालिकाहरुलाई पनि पूर्ण खोप लगाइएको छ । दादुरारुबेला खोप अभियानका क्रममा खोप केन्द्र अनुगमनको क्रममा मालिका गाउँपालिका र मंगला गाउँपालिकामा एकएक जना नियमित खोप लगाउन छुटेकाहरुलाई पनि खोप अभियानकै क्रममा छुट खोप दिइएको पाइएको हो । फागुन १६–२१ सम्म सञ्चालित खोप अभियानका क्रममा नियमित रुपमा १५ महिना भित्र लगाइ सक्नु पर्ने खोप लगाउन छुटेका ति बालबालिकालाई पनि छुट खोप लगाएर पूर्ण खोप पुरा गराइएको हो । बेनी नगरपालिका–८ बेनी अस्पतालमा २ जना बालबालिका डिपिटि खोप लगाउन छुटेका आएको र पात्लेखेत स्वास्थ्यचौकीमा एक जना खोप छुटेको आएका थिए…

Read More

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनलाई थप बलियो बनाउदै लगेको बताउनुभयो । धार्मिक तोपोभूमिका रुपमा दामोदर कुण्देखि त्रिवेणीधामलाई समेटेर निर्माण भइरहेको पञ्चकोटले मानवीय भावनलाई थप एकता गराएको बताउनुभयो । उहाँले देश प्रतिको मायालाई प्रगाड बनाउन पञ्चकोटले मद्दत गरेको बताउदै मातृभूमिको महत्व जगाउन पञ्चकोट काफी भएको बताउनुभएको छ । आज बागलुङ नगरपालिका–६ पञ्चकोटमा फागुन ९ गते देखि सञ्चालीत अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले धौलागिरी क्षेत्र एक पवित्र धार्मिक तपोभूमी रहेको बताउदै कमलनयनाचार्यकोे पहलमा भइरहेको धार्मिक विकासले नेपालीको मनलाई एक आपसमा जोड्न सकेको बताउनुभयो । “दामोदर कुण्ड, मुक्तिनाथ, त्रिवेणीधामलाई…

Read More

२१ फागुन, काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ । नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । बालकोटमा बसेको…

Read More

निजी क्षेत्रको नेता संगठन म्याग्दी उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत सर्वसम्मत रुपमा चयन भएको छ । शनिबार देखि शुरु भएको वार्षिक साधारणसभा आइतबार राती सकिएको थियो । म्याग्दी उद्योड बाणिज्य संघको निवर्तमान अध्यक्षमा बेलबहादुर कटुवालले दिएको जानकारी अनुसार कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लिलाराम गौतम, द्वितिय उपाध्यक्ष अमृत बानियाँ, महासचिव नारायण जिसी, कोषाध्यक्ष सुमन श्रेष्ठ, सचिब मोतिलाल पौडेल, सहसचिव टेकप्रसाद सापकोटा र सहकोषाध्यक्ष बाबुराम आचार्य चयन हुनु भएको छ । मुख्य निर्वाचन अधिकृत यामबहादुर चोखालले नयाँ कार्यसमितिको विवरण सुनाउनु भएको थियो । विभिन्न बस्तुगत सहित ३७…

Read More

 म्याग्दीका गायक तथा कलाकार ध्रुव जिसीले ‘गंगाजी का शिला अयोध्यामा’ भजन सार्वजनिक गर्नुभएको छ । आधुनिक समयमा पनि भजनको महत्त्व र पवित्र तीर्थस्थल कालिगण्डकीको शीलाको महत्त्व दर्साउन महत्त्वपूर्ण हुने हेतुले गंगाजीका शिला सार्वजनिक गरिएको गायक कलाकार जिसीले बताउनुभयो । ध्रुव जिसी र चर्चित शब्द, सङ्कलक नकुल ढकालको शब्द संयोजन रहेको उक्त भजन युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएको गंगाजि का शिला अयोध्यायमा भजनको म्युजिक भिडियोले हिन्दुधर्मावलम्बीहरुको पवित्र तीर्थस्थल गलेश्वर धाम तथा कालिगण्डकीको महिमालाई प्रष्ट्याउन मद्दत गर्ने सर्जक नकुल ढकालको भनाइ छ । ध्रुव जिसी र माया गुरूङको स्वरमा रहेको भजनमा सीमान्त बानियाँ, विज्ञान हमाल, ध्रुव जिसी, जयन्ती आचार्यलगायतको अभिनय…

Read More

-अन्जु शर्मा “हैन ,बुहारी भए पछि त अलिक छिटो उठ्न पर्छ नि ,जहिले पनि उहीँ घामको झुल्को!आजकालका बुहारीलाई सरम भन्ने कुनै चिज छदै छैन ।जेठानी दुई जिउकी छ,बच्चा सा-साना छन् ,काम सघाउन पर्छ भन्ने हेक्का त हुनैपर्ने हो ।त्यति मात्रै कहाँ हो र? ससुरा वृद्ध रोगी हुनुहुन्छ ।हन; मचाँहि कुन सक्ने छु र भन्या?उमेरले पचहत्तर कटिसकें ।भित्र बाहिर गर्यो कि स्याँ-स्याँ हुन्छ ।उबेलाको दु:खले त होला, दमले च्यापेको पनि ।संयुक्त परिवार त्यस्मा पनि अरूको भन्दा ठूलै थियो ।आगोमा खाना पकाएर निम्टियाउनु पर्ने ,गाई,भैंसीको कुँडो पनि त्यहीँ धुवाँ खाएर न पकाउने हो! त्यहीँ भएर अहिले दम भएको होला नि!!घरको काम पनि…

Read More

-अन्जु शर्मा आज पूर्णीमाको दिन ।टहटह जून आकाशमा लागेका छन् ।ठूलो साँझ परिसक्यो।छेउको जंगलबाट चराचुरुङ्गी बासबसेको आवाज प्रष्ट सुनिनथालेको छ। यस्तो रमणीय मौसममा पनि हजुरआमाले कान्छी फूपुलाई टिकी खान दिनुहुन्न।अगि गाली गर्न थालिसक्नुभयो।मलाई साह्रै अचम्म लाग्छ!यति बिघ्न गाली गर्दा पनि फूपू एक शब्द फर्काउनु हुन्न!विचरा कति सोझी हुनुहुन्छ हाम्री फूपू।कुनै किसिमको आधुनिक नक्कल झक्कल पनि त छैन ।उहीँ पुरानो स्टाईलको धोती ,पूरा बाउला भएको ब्लाउज अनि निधारमा एउटा टीका।अहिलेका महिलाले जस्तो फेसन गर्नु हो भने फूपू पुरै उड्ने चरि जस्तै राम्री हुनुहुन्थियो होला !तर के गर्ने पार्लर धाएको थाहा पाउनु हो भने हजुरआमाले फूपुलाई घरबाटै निकालिदिनुहुन्थ्यो।म किचन बाट आफ्नो रूम…

Read More